खातामा रकम नभएको कुरा जानकारी भएपनि झुक्याउन खोजेको सत्यनारायण रौनियार पक्राउ

Machchapuchchre

अर्थ राजनीति ~ खातामा रकम नभई चेक काट्ने सत्यनारायण रौनियार पक्राउ परेका छन् । दुई पटक उच्च अदालत पाटनबाट सजाय सुनाइएका रौनियारलाई प्रहरी प्रधान कार्यालय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । रौनियार विरुद्ध मन्दीपकुमार थापा र सन्तोषकुमार चौधरीले उच्च अदालत पाटनमा किटानी जाहेरी दिएका थिए । दुबै जनाले रौनियारलाई सापटी भन्दै रकम दिएका थिए । उच्च अदालत पाटनले २०७५ चैत १० र २०७६ फागुन २७ गते रौनियार विरुद्ध फैसला गरेको थियो। फैसलामा रौनियारलाई ४५ दिन जेल सजाय र ७० लाख जरिबाना सुनाइएको थियो । रौनियारले आफ्नो बैंक खातामा रकम नभएको कुरा जानकारी भएपनि झुक्याउन खोजेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्