सार्वजनिक यातायात बन्दको घोषणा व्यवसायीले नै पालना गरेनन्

अर्थ राजनीति ~ प्रदेश १ मा आहृवान गरिएको सार्वजनिक यातायात बन्दको घोषणा व्यवसायीले नै पालना गरेका छैनन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, प्रदेश १ ले गरेको बन्दको उल्लङघन गर्दै व्यवसायीले यातायात सञ्चालन गरेका हुन् । प्रदेश सरकारसँग राहत माग गर्दै आइतबारबाट महासंघले अनिश्चितकालीन बन्दको घोषणा गरेको थियो । तर सार्वजनिक यातायात व्यवसायी महासंघको बन्दमा […]

मंसिर २७ गतेदेखि आन्दोलन थाल्ने उखु किसानहरुको घोषणा

अर्थ राजनीति ~ उखु किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । उखु मिलहरुले गत वर्ष आफूहरुसँग किनेको उखुको बक्यौता भुक्तानीमा ढिलाइ गरेको भन्दै किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन् ।आइतबार सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले सबै बक्यौता भुक्तानी ।नभए आन्दोलनमा जाने जानकारी दिएका […]

विराटनगरमा अनुमतिविना कोभिड अस्पताल सञ्चालन

अर्थ राजनीति ~ विराटनगरको एक अस्पतालमा ४ जना कोरोना संक्रमितको मृत्यु भएपछि अनुमति नलिई सञ्चालन गरेको खुलेको छ । सरकारले कोरोना संक्रमित आफैंले उपचार खर्च व्यहोर्नुपर्ने निर्णय गरेपछि कात्तिक पहिलो सातादेखि म्याक्स इन्टरनेशनल अस्पतालले अरु सेवा बन्द गरी कोरोना संक्रमितको उपचार सुरु गरेको थियो । अस्पतालमा हालसम्म ४० जना संक्रमित उपचारका लागि भर्ना भएको पाइएको […]

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

अर्थ राजनीति ~ कोरोना भाइरस संक्रमणका कारण थप १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मोरङ, काठमाडौं र रुपन्देहीका २/२ जना, झापा, सुनसरी, धनकुटा, ललितपुर, भक्तपुर, काभ्रे, स्याङ्जा, कास्की, तनहुँ, लमजुङ र रोल्पाका १/१ जना संक्रमितको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।

राष्ट्रपति पदको मर्यादा र गरिमा उल्लंघन भएको

अर्थ राजनीति ~ नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले नेकपाको आन्तरिक मामिलाको सन्दर्भमा राष्ट्रपति पदको मर्यादा उल्लंघन भएको बताएका छन् । नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिंदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ । यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंघन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत […]

कोरोना परीक्षण र उपचार निःशुल्क गर्नैपर्ने सर्वोच्च अदालत

अर्थ राजनीति ~ कोरोना संक्रमण परीक्षण र उपचार निःशुल्क गर्ने आदेश पुनरावलोकन गर्न सरकारले दिएको निवेदन खारेज गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पुनरावलोकन निवेदनलाई अघि बढाउन अनुमति नदिएको हो ।

१० लाख घुससहित इन्जिनियर इश्वरीप्रसाद जैसवाल पक्राउ

अर्थ राजनीति ~ अख्तियारले मकवानपुरको हेटौंडाबाट १० लाख रुपैयाँ घुस रकमसहित एक इन्जिनियरलाई पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा-भरतपुर-बर्दघाट विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवाललाई घुस रकमसहित प्रक्राउ गरेको हो । जैसवालले प्रशारण लाइनको ठेकेदारसँग उक्त रकम घुस लिइसकेको अवस्थामा हेटौंडा-१० बसपार्क मेगा होटलबाट […]

काठमाडौंबाट अवैध लागूऔषध चरेससहित ४ जना पक्राउ

अर्थ राजनीति ~ काठमाडौंको गौरिघाटबाट अवैध लागूऔषध चरेश सहित चार जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाको पात्ले गाउँपालिका–९ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ३२ वर्षीय नरेन लामा, धादिङको गजुरी नगरपालिका–८ घर भई काठमाडौंको गुर्जुधारा बस्ने १७ वर्षीय सुरेश तामाङ, सोही ठाउँ बस्ने २८ वर्षीय सोनाम भनिने सुमन तामाङ र पर्साको ठोरी […]

कोरोना संक्रमित मन्त्री शाहलाई चिकित्सकको सल्लाह अनुसार हेलिकप्टरबाट काठमाडौं लगिँदै

अर्थ राजनीति ~ कोरोना संक्रमित सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री प्रकाश शाहलाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लगिने भएको छ । १५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका मन्त्री शाह बिहीबार सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल भर्ना भएका थिए । चिकित्सकको सल्लाह अनुसार थप उपचारको लागि शुक्रबार काठमाडौं लैजाने तयारी भइरहेको मन्त्री शाहका स्वकीय सचिव जंग विकले […]

कैलालीमा कोरोना संक्रमणबाट वडाध्यक्षको निधन

अर्थ राजनीति ~ कैलालीमा कोरोना संक्रमणबाट एक जना वडाध्यक्षको निधन भएको छ । जिल्लाको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणबाट मृत्यु भएको छ । शाहको शुक्रबार विहान मृत्यु भएको उपमेयर अन्चला चौधरीले जानकारी दिइन् । शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका […]