कोरोना संक्रमित मन्त्री शाहलाई चिकित्सकको सल्लाह अनुसार हेलिकप्टरबाट काठमाडौं लगिँदै

Machchapuchchre

अर्थ राजनीति ~ कोरोना संक्रमित सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री प्रकाश शाहलाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लगिने भएको छ । १५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका मन्त्री शाह बिहीबार सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल भर्ना भएका थिए । चिकित्सकको सल्लाह अनुसार थप उपचारको लागि शुक्रबार काठमाडौं लैजाने तयारी भइरहेको मन्त्री शाहका स्वकीय सचिव जंग विकले जानकारी दिए । नाकबाट रगत बग्न थालेपछि अस्पताल भर्ना भएका मन्त्री शाहलाई शुक्रबार थप उपचारको लागि काठमाडौं लगिने तयारी भइरहेको उनको सचिवालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्