कैलालीमा कोरोना संक्रमणबाट वडाध्यक्षको निधन

Machchapuchchre

अर्थ राजनीति ~ कैलालीमा कोरोना संक्रमणबाट एक जना वडाध्यक्षको निधन भएको छ । जिल्लाको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणबाट मृत्यु भएको छ । शाहको शुक्रबार विहान मृत्यु भएको उपमेयर अन्चला चौधरीले जानकारी दिइन् । शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्