सार्वजनिक यातायात बन्दको घोषणा व्यवसायीले नै पालना गरेनन्

Machchapuchchre

अर्थ राजनीति ~ प्रदेश १ मा आहृवान गरिएको सार्वजनिक यातायात बन्दको घोषणा व्यवसायीले नै पालना गरेका छैनन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल, प्रदेश १ ले गरेको बन्दको उल्लङघन गर्दै व्यवसायीले यातायात सञ्चालन गरेका हुन् । प्रदेश सरकारसँग राहत माग गर्दै आइतबारबाट महासंघले अनिश्चितकालीन बन्दको घोषणा गरेको थियो । तर सार्वजनिक यातायात व्यवसायी महासंघको बन्दमा नेपाल यातायात व्यवसायी महासंघले सहमति जनाएको थिएन् । आइतबार निर्वाधरुपमा सार्वजनिक यातायात सञ्चालन गरिरहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्