डोल्पामा आठ महिनापछि खुल्न थाले विद्यालय

Machchapuchchre

अर्थ राजनीति ~ गत चैत्रदेखि बन्द भएका यहाँका विद्यालय खुलेका छन् । कोरोना भाइरसको फैलँदो सङ्क्रमणका कारण बन्द भएका विद्यालय आठ महिनापछि खुलेका छन । त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला र जगदुल्ला गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालय खुलाएका छन् । त्रिपुरासुन्दरी नगरपालिकाले कात्तिक १२ गतेदेखि खोल्ने गरी नगरपालिकाभित्र पर्ने ३२ वटै विद्यालयमा निर्देशन दिएको थियो । लामो समयदेखि विद्यार्थीको पठनपाठन ठप्प भएको बताउँदै नगर क्षेत्रका सम्पूर्ण विद्यालय खोल्न लिखित पत्राचार गरेको नगरपालिकाले जनाएको छ । नगरको निर्देशनअनुसार दुई सातादेखि विद्यालय खुलाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्