अर्थ राजनीति ~ पर्सा प्रहरीले वीरगंजबाट १६ लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको बिहार, पूर्बी चम्पारण, रक्सौल निवासी ५० वर्षीय कृष्णकुमार जैनको साथबाट प्रहरीले १६ लाख रूपैयाँ समातेको छ । उनलाई वीरगंज महानगरपालिका-७ माईस्थान अगाडिबाट पक्राउ गरिएको पर्सा प्रहरीले बताएको छ । प्रहरीका अनुसार अवैध वित्तीय कारोबार ‘हुण्डी’ भइरहेको छ भन्ने खबर प्राप्त भएपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले उनको मोटरसाइकल रोकेर चेक गर्दा स्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद भएपछि मोटरसाइकसहित उनलाई नियन्त्रणमा लिएको पर्साका प्रहरीले जानकारी दिए।
भारत बिहारको कृष्णकुमार जैनको साथबाट प्रहरीले १६ लाख रूपैयाँ बरामद
