मेलाम्चीको सुरुङ खाली गरियो

अर्थ  राजनीति  ~   मेलाम्चीको सुरुङ असार १ गतेबाट खाली गरी निरीक्षण गर्ने र पुनः भरण गर्ने कार्यहरु सुरु गर्न लागेको छ । यो निरीक्षण अवधि करिब २ महिनाको हुने र सुरुङ खाली गर्न १६ दिन लाग्ने आयोजनाले जनाएको छ । बाँकी समय सुरुङ निरीक्षण, परीक्षण र सुधार कार्य गर्न र पुनः पानी भर्न लाग्ने र […]

राप्रपामा नयाँ ट्वीस्ट : पार्टी अध्यक्षमा धवल शमशेरको दाबी

अर्थ राजनीति   ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अन्तरविरोधमा नयाँ ‘ट्वीस्ट’ आएको छ । अब कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी तीनै अध्यक्षबाट पार्टी चल्न नसक्ने भन्दै दोस्रो पुस्ताका नेताहरुले डा. धवल समशेर राणालाई अध्यक्षका रुपमा अगाडि सारेका छन् । राणाले पनि आफू नेतृत्वका लागि तयार भैसकेको बताएका छन् । नेतृत्वमा रहेका […]

सभामुखले बोलाए सर्वदलीय बैठक

अर्थ राजनीति  ~  आज सभामुख अग्‍निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् । सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् । दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा पूर्वप्रधानमन्त्री र संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखसँग सभामुख सापकोटाले छलफल बोलाएका हुन् । बैठकमा […]

सभापति देउवा भन्छन् : कांग्रेसको महाधिवेशन भदौ मै हुन्छ

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगामी भदौमा पार्टीको १४ औँ महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गर्दै सोहीअनुसार दत्तचित्त भई लाग्न आह्वान गरेका छन् । कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने तय गर्दै सोहीअनुसार महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ । उनले बुधबार वक्तव्यमार्फत कोभिड–१९ को […]

लगातार दोस्रो दिन पनि नेप्सेमा गिरावट

अर्थ राजनीति  ~  बिहीबार नेप्से परिसूचकमा १.८० अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १.८० अंकले घटेर २९४४.७८ विन्दुमा झरेको हो । यो दोस्रो दिनको लगातारको गिरावट हो । गत मंगलबार एकै ५३ अंकले वृद्धि भएको बजारमा गत बुधबार १३.५६ अंकको गिरावट आएको थियो । त्यसो त आज नेप्सेमा सामान्य […]

बैंकिङ कसूरमा सुदिप भट्टराई पक्राउ

अर्थ राजनीति  ~  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भद्रपुर नगरपालिका-७ बस्ने ३२ वर्षीय सुदिप भट्टराईलाई मंगलबार प्रहरीले पक्राउ गरेको  छ । उच्च अदालत पाटनको २०७६ माघ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ दिन कैद, २ लाख ७५ हजार रूपैयाँ जरिवाना र पीडित राहत कोषमा २२ हजार रूपैयाँ जम्मा गर्नुपर्ने फैसला भई फरार रहेका उनलाई […]

मन्त्रिपरिषद् पुनः विस्तार सात नयाँ मन्त्री, शपथ आजै

अर्थ राजनीति  ~  कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले सात जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री बनाउन लागेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। नयाँ मन्त्रीहरूको शपथ अपराह्न चार बजेका लागि तय भएको छ । मन्त्री हुनेहरूमा खगराज अधिकारी, मोहन बानियाँ, नैनकला थापा, ज्वालाकुमारी शाह, गणेश […]

कोरोनाको दोस्रो लहर पहिलो भन्दा बढी आक्रामक र घातक

अर्थ राजनीति  ~  कोभिड १९ को दोस्रो लहर पहिलोको तुलनामा एक सय प्रतिशतभन्दा बढी आक्रामक र घातक देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक हेर्दा कोभिडको पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमित हुने १ सय १२ प्रतिशतले बढेका छन् । त्यस्तै, पहिलो लहरको तुलनामा दोस्रो लहरमा मृत्यु हुने संख्या १ सय ६३ प्रतिशत बढी […]

नेपाली सेयरबजार : राजश्वको राम्रो स्रोत

अर्थ राजनीति  ~  वर्षको १०० अर्ब राजश्व दिनसक्ने क्षमता देखिएको धितोपत्र बजारमा सरकारको ध्यान कहिल्यै पुगेन । चालू आर्थिक वर्षमा  करिब मासिक १ अर्ब राजश्वको स्रोत बनेको सेयर बजारलाई सरकारले ध्यान नदिएका कारण यसको नियमक निकाय धितोपत्र बोर्ड अर्थमन्त्रालयको एउटा शाखाभन्दा पनि कमजोर रहेको छ । जबसम्म धितोपत्र बोर्डलाई नेपाल राष्ट्र बैकजस्तै स्वयत्त निकाय बनाउन […]

सिटिजन्स बैंकले सिर्जना फाइनान्स प्राप्ति गर्ने प्रस्ताव अनुमोदन

अर्थ राजनीति  ~   सिटिजन्स बैंक इन्टरनेसन लिमिटेडको सातौँ विशेष साधारण सभाले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ । सिर्जना फाइनान्स लिमिटेडको १०० कित्ता शेयरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर (१ः०.९५) दिने गरी शेयर मूल्य अनुपात कायम गरिएको छ । सञ्चालक समितिको तर्फबाट अध्यक्ष राजन सिंह भण्डारीले सिर्जना […]