सिटिजन्स बैंकले सिर्जना फाइनान्स प्राप्ति गर्ने प्रस्ताव अनुमोदन

Machchapuchchre

अर्थ राजनीति  ~   सिटिजन्स बैंक इन्टरनेसन लिमिटेडको सातौँ विशेष साधारण सभाले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ । सिर्जना फाइनान्स लिमिटेडको १०० कित्ता शेयरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर (१ः०.९५) दिने गरी शेयर मूल्य अनुपात कायम गरिएको छ । सञ्चालक समितिको तर्फबाट अध्यक्ष राजन सिंह भण्डारीले सिर्जना फाइनान्स लिमिटेडललाई प्राप्ति (एक्विजिसन) गर्नका लागि गरेको विशेष प्रस्ताव विशेष साधारण सभाबाट सर्वसम्मत रुपमा पारित भएको हो । बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीज्यूको अध्यक्षतामा विहीबार बैंकको केन्द्रिय कार्यालय भवन, नारायणहिटी पथ, दरवारमार्ग, काठमाण्डौमा सम्पन्न भएको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले डिजिटल प्लाटफर्म जुम मार्फत बैंकले सातौँ विशेष साधारण सभा संचालन गरेको हो । यस विशेष साधारण सभाले सिर्जना फाइनान्स  लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ । सिर्जना फाइनान्स लिमिटेडको १०० कित्ता शेयरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर (१ः०.९५) दिने गरी शेयर मूल्य अनुपात  कायम गरिएको छ । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त, बिराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडको पनि मिति २०७७ जेठ २७ गते सम्पन्न विशेष साधारण सभाले समेत सिर्जना फाइनान्स लिमिटेडलाई  प्राप्तिका लागि स्वीकृति प्रदान गरिसकेको छ ।

दुबै बैंक तथा फाइनान्सको विशेष साधारण सभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सिर्जना फाइनान्स लिमिटेड प्राप्ति गर्नका लागि बाटो खुलेको हो ।  यसै आ.व. भित्र सिर्जना फाइनान्स लिमिटेडललाई संयुक्त कारोबार प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका अध्यक्ष भण्डारीले जानकारी दिए । २०७८ साल जेठ २६ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ३८ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई  दिएको ऋण लगानी करिव १ खर्ब २२ अर्ब रुपैयाँ हुनेछ । प्राप्ति पश्चात बैंकको कुल शाखा १८९ हुनेछ । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ । बैंकको संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक श्री प्रवल जंग पाण्डेको नेतृत्वमा बैंकले सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेण्ट बैंक र सिर्जना फाइनान्सको प्राप्ति अगाडि बढाएको हो । बैंकले सातवटै प्रदेशमा आफ्नो दह्रो उपस्थिति बनाउँदै लगेको छ । यस प्राप्ति पछि बैंकको ग्राहक सङ्ख्या करिव १२ लाख पुग्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्