राप्रपामा नयाँ ट्वीस्ट : पार्टी अध्यक्षमा धवल शमशेरको दाबी

Machchapuchchre

अर्थ राजनीति   ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अन्तरविरोधमा नयाँ ‘ट्वीस्ट’ आएको छ । अब कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी तीनै अध्यक्षबाट पार्टी चल्न नसक्ने भन्दै दोस्रो पुस्ताका नेताहरुले डा. धवल समशेर राणालाई अध्यक्षका रुपमा अगाडि सारेका छन् । राणाले पनि आफू नेतृत्वका लागि तयार भैसकेको बताएका छन् । नेतृत्वमा रहेका पुराना पुस्ताका नेताहरुबाट पार्टीलाई वैकल्पिक शक्तिका रुपमा उभ्याउन सम्भव नहुने निष्कर्षका साथ धवल समशेर लगायत दोस्रो पुस्ताका नेताहरु नेतृत्व परिवर्तनको छलफलमा जुटेका छन् । आगामी महाधिवशेनबाट राणालाई अध्यक्ष बनाउने गृहकार्यमा दोस्रो पुस्ताका नेताहरु जुटेका हुन् । हाल नेपालगञ्ज उपमहानगरपालिकाको मेयरसमेत रहेका धवल शमशेरले पार्टी नेतृत्वको कार्यशैलीबाट आफू सन्तुष्ट हुन नसकेको रातोपाटीलाई बताए । लुम्बिनी प्रदेशमा जेठ १७ गते राष्ट्रियसभाको उपचुनाव हुँदा मतदान बहिस्कार गरेका राणाले  भने, ‘वागमतीका एमालेका उम्मेदवार बादलजीलाई भोट हालेकोमा पार्टीका कार्यकर्तामा असन्तुष्टि थियो ।’आगामी महाधिवेशनमा राप्रपाको नेतृत्वमा आफ्नो दावेदारी स्वाभाविकरुपमा नेतृत्वमा रहने र यसमा पार्टीका युवा नेताहरुले साथ र समर्थन गर्ने राणाको दाबी छ । ‘स्वाभाविकरुपमा मेरो दावेदारी रहन्छ । म नेतृत्व सम्हाल्न सक्छु’ राणाले भने, ‘म हरेक किसिमले तयार भइसकेँ, पार्टीको दुईपटक महामन्त्री भइसकेँ, हरेक किसिमले म नेतृत्व सम्हाल्न तयार छु ।’पार्टीका दुई अध्यक्ष लोहनी र राणालाई अल्छी घोडाको संज्ञा दिँदै सार्वजनिकरुपमै टिकाटिप्पणी गर्ने कमल थापा पनि असफल सिद्ध भइसकेको राणाको आरोप छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्