मेलाम्चीको सुरुङ खाली गरियो

Machchapuchchre

अर्थ  राजनीति  ~   मेलाम्चीको सुरुङ असार १ गतेबाट खाली गरी निरीक्षण गर्ने र पुनः भरण गर्ने कार्यहरु सुरु गर्न लागेको छ । यो निरीक्षण अवधि करिब २ महिनाको हुने र सुरुङ खाली गर्न १६ दिन लाग्ने आयोजनाले जनाएको छ । बाँकी समय सुरुङ निरीक्षण, परीक्षण र सुधार कार्य गर्न र पुनः पानी भर्न लाग्ने र उक्त अवधिभर काठमाडौं उपत्यकामा मेलम्चीको पानी उपलब्ध नहुने जनाएको छ । सुरुङ खाली गर्ने क्रममा मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम लगायतका क्षेत्रहरु साथै बाग्मती नदीमा पानीको बहाब बढ्नसक्ने भएकाले असार १ गतेबाट नदी किनारमा नजान र काम विशेषले जानुपर्ने भएमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई मेलम्ची खानेपानी विकास समितिले सूचित गरेको छ ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाले आवश्यक पूर्वाधारका निर्माण कार्यहरु सम्पन्न भएपश्चात मिति २०७७ फागुन १० गतेबाट मेलम्ची नदीको पानी पथान्तरण गरी सुरुङ परीक्षण आरम्भ गरेको थियो । परीक्षण आरम्भ गरिएको १२ दिनपछि फागुन २२ गते सुन्दरीजलमा पानी आइपुगेको थियो । सुन्दरीजलमा उपलब्ध पानी २०७८ बैशाख ६ गतेबाट काठमाडौं उपत्यकाको वितरण प्रणालीमा उपलब्ध गराइएको थियो । दशकौं लामो प्रतिक्षा पश्चात सुख्खा याममा पानी प्रवाह गरी काठमाडौंबासीको खानेपानीको समस्या हल गर्नमा सहयोगी बन्न पाएकोमा मेलम्ची खानेपानी विकास समिति उत्साहित छ । विना कुनै प्राविधिक समस्या हालसम्म पथान्तरित पानी काठमाडौंबासीलाई वितरण गरी परीक्षणको कार्य सफल भएको छ । सुरुङ परीक्षण कार्यका लागि सुरुङमा पानी भर्ने, प्रेसरलाइज अवस्थामा राख्ने, सुरुङ खाली गर्ने, निरीक्षण गरी आवश्यक सुधारका कार्यहरु गर्नुपर्ने हुन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्