सभामुखले बोलाए सर्वदलीय बैठक

Machchapuchchre

अर्थ राजनीति  ~  आज सभामुख अग्‍निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् । सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् । दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा पूर्वप्रधानमन्त्री र संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखसँग सभामुख सापकोटाले छलफल बोलाएका हुन् । बैठकमा प्रधानमन्त्री  सहभागी नहुनेबारे प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । सापकोटाले यसअघि पनि पूर्व सभामुखसँग छलफल गरेका थिए । त्यस्तै उनले कानुनी र न्यायिक विज्ञसँग परामर्श गरेका थिए । सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनपछिको अवस्था तथा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न पूर्वप्रधानमन्त्रीसहित सबै दलका नेतालाई बोलाएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्