बैंकिङ कसूरमा सुदिप भट्टराई पक्राउ

Machchapuchchre

अर्थ राजनीति  ~  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भद्रपुर नगरपालिका-७ बस्ने ३२ वर्षीय सुदिप भट्टराईलाई मंगलबार प्रहरीले पक्राउ गरेको  छ । उच्च अदालत पाटनको २०७६ माघ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ दिन कैद, २ लाख ७५ हजार रूपैयाँ जरिवाना र पीडित राहत कोषमा २२ हजार रूपैयाँ जम्मा गर्नुपर्ने फैसला भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यसैगरी चोरी मुद्दाका फरार प्रतिवादी झापा भद्रपुर नगरपालिका-१ बस्ने ३८ वर्षीय मदन सुब्बा योङहाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पुनरावेदन अदालत ईलामको २०७३ वैशाख ७ गतेको फैसलाले  १ महिना १५ दिन कैद र ४७ हजार २ सय ८५ रुपैयाँ १० पैसा  जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । दुवै जनालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्