मन्त्रिपरिषद् पुनः विस्तार सात नयाँ मन्त्री, शपथ आजै

Machchapuchchre

अर्थ राजनीति  ~  कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले सात जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री बनाउन लागेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। नयाँ मन्त्रीहरूको शपथ अपराह्न चार बजेका लागि तय भएको छ । मन्त्री हुनेहरूमा खगराज अधिकारी, मोहन बानियाँ, नैनकला थापा, ज्वालाकुमारी शाह, गणेश पहाडी, नारदमुनी राना, राजकिशोर यादव र एक राज्यमन्त्री आशा विक छन् ।  प्रधानमन्त्री निकट स्रोतका अनुसार खगराजलाई गृह मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ । यस्तै, पहाडीलाई सामान्य प्रशासन,  नैनकलालाई सञ्चार तथा सूचना प्रविधि, ज्वालाकुमारीलाई कृषि , नारदमुनिलाई वन, बानियाँलाई विना विभागीय, राजकिशोरलाई उद्योग तथा विकलाई वन राज्यमन्त्रीको जिम्मेवारी दिइनेछ । प्रधानमन्त्रीले यसअघि २५ जेठमा मन्त्रिपरिषद् पुर्नगठन गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्