कोरोनाको दोस्रो लहर पहिलो भन्दा बढी आक्रामक र घातक

Machchapuchchre

अर्थ राजनीति  ~  कोभिड १९ को दोस्रो लहर पहिलोको तुलनामा एक सय प्रतिशतभन्दा बढी आक्रामक र घातक देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक हेर्दा कोभिडको पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमित हुने १ सय १२ प्रतिशतले बढेका छन् । त्यस्तै, पहिलो लहरको तुलनामा दोस्रो लहरमा मृत्यु हुने संख्या १ सय ६३ प्रतिशत बढी छ । नेपालमा कोभिडको पहिलो लहर झन्डै १५ महिना (२०७६ माघ १० देखि) चलेको थियो । दोस्रो लहर २०७७ चैत अन्तिम सातादेखि सुरु भएको मानिएको छ । कारोना खोप लगाउनेक्रम बढ्दै गर्दा गम्भीर संक्रमित भर्ना दरमा पनि केही कमी आएको पाइएको छ । यद्यपि, केही दिनयता संक्रमित संख्या घटे पनि जोखिम कायम रहेको भन्दै हेलचेक्रयाईं नगर्न जनस्वास्थ्य विज्ञले आग्रह गर्दै आएका छन् ।त्यस्तै, बुधबार देशभर ४ हजार ३ सय ४४ जना कोरोना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार बुधबार देशभरका प्रयोगशालामा १२ हजार ७४ जनाको पीसीआर र ४ हजार ५६८ जनाको एन्टीजेन परीक्षण गरिएको छ । हालसम्म नेपालमा ६ लाख १५ हजार ६ सय ५२ जनामा संक्रमण देखिएको छ । देशभर बुधबारसम्म ८० हजार ३ सय ३६ सक्रिय संक्रमित छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्