चीनबाट एकै दिन आइपुग्यो ४४ लाख डोज खोप

अर्थ राजनीति  ~  सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो २ बजे उडानमार्फत उक्त परिमाणको खोप त्रिभुवन विमानस्थल आइपुगेको हो । चीनसँग खरीद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज यसअघि नै आइसकेको थियो । चीनबाट आइपुगेको खोप […]

” पर्यटक आउने सहज व्यवस्था मिलाउनुपर्छ ” : होटल व्यवसायी

अर्थ राजनीति  ~  पर्यटन व्यवसायीहरूले सरकारले तत्काल पर्यटकहरूलाई नेपाल आउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् । कोरोना महामारीको जोखिम कम भइरहेकाले सरकारले पर्यटकका लागि सहजता प्रदान गर्न अन अराइभलको भिसा र क्वारेन्टाइनका कुराहरूमा सहजता प्रदान गर्नुपर्ने माग राखेका हुन् । होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले अन्य देशहरूमा पर्यटकका लागि भिसा दिइरहेको […]

एकैदिन १४ सयले घट्यो सुनको मूल्य

अर्थ राजनीति  ~  सुनको मूल्य शुक्रबार एकैदिन १४ सय प्रतितोलाले घटेको छ। अघिल्लो दिन ९० हजार पाँच सयमा कारोबार भएको सुन आज ८९ हजार चार सयमा कायम छ। चाँदी तोलाको ३० रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँदी १२ सय प्रतितोलामा कारोबार भइरहेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस […]

मुक्तिनाथ विकास बैंकको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा भारी वृद्धि

अर्थ राजनीति  ~  मुक्तिनाथ विकास बैंकले असोज १ गतेदेखी लागु हुने गरी व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा भारी वृद्धि गरेको छ । बैंकले व्यक्तिगत मुद्दतीमा ३ महिनाको लागि नै सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुर्ने गरी ब्याजदर दिने भएको छ ।  साथै, बैंकले ३ महिने संस्थागत मुद्दतीमा पनि सर्वाधिक ९.५ प्रतिशत वार्षिक […]

मनमा एमाले छ , माधव नेपाल एमालेमै फर्किन्छन् : योगेश भट्टराई

अर्थ राजनीति  ~  नेकपा एमालेका नेता योगेश भट्टराईले माधवकुमार नेपाल एमालेमै फर्किने बताएका छन् । विदेश गएका मानिसहरु काम गर्न नसकेर घर फर्किएजस्तै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल पनि एमालेमै फर्किने भट्टराईले बताए । पोखरामा प्रेस चौतारी नेपाल कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले भने, “समाजवादी पार्टीका नेता/कार्यकर्ताको मनमा एमाले छ । उहाँहरु […]

माधवकुमार नेपाल : “एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ”

अर्थ राजनीति  ~  सत्तारुढ गठबन्धन आवद्ध दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । शुक्रबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय पार्टी कार्यालय उद्घाटन गर्दै उनले एक साताभित्र मन्त्रिरिषद्लाई पूर्णता दिने गरी छलफल भइरहेको बताएका हुन् । संघदेखि सातै प्रदेशमा नेकपा (एस) सत्तारुढ दलको रूपमा रहने उनको भनाइ छ […]

संविधान दिवसमा लोसपाले विरोध गर्ने तयारी

अर्थ राजनीति  ~  संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएका दुई दलमध्ये जनता समाजवादी पार्टी नेपालले असोज ३ अर्थात् संविधान दिवसका दिन मौन रहने निधो गरेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विरोधका कार्यक्रम गर्ने भएको छ । संविधान संशोधन नहुञ्जेलसम्म मधेसका माग पूरा नहुने भन्दै नवगठित लोसपा नेपालले संविधान दिवसलाई ‘कालो दिन’को रुपमा मनाउने भएको हो […]

अष्टलक्ष्मी शाक्य : “माधवजी , तपाईंले लिएको बाटो सही छैन, पार्टीमा फर्किनुस् “

अर्थ राजनीति  ~  नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेता माधव कुमार नेपालले लिएको बाटो सही नभएको बताएकी छिन् । बिहीबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बागमती प्रदेशकी मुख्यमन्त्री समेत रहेकी उपाध्यक्ष शाक्यले पार्टी विभाजन गरेर नयाँ दल गठन गर्ने नेपालको बाटो सही नभएको बताएकी हुन् । उपाध्यक्ष शाक्यले पार्टीभित्र फुटको राजनीति नभई जुटको राजनीति […]

घट्याे आज सुनकाे मूल्य

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्य आज घटेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य ९० हजार ७ सय रूपैयाँमा कारोबार भएकोमा आज ७ सयले घटेकाे हाे । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ५ […]

सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री

अर्थ राजनीति  ~  अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्ने बताएका छन् । कोषको ६० औं वार्षिकोत्सव समारोहको भर्चुअल उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो सुझाव दिएका हुन् । ‘सञ्चयकर्ताको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, जसले राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुर्‍याउँछ,’ उनले भने, ‘उत्पादनशील क्षेत्रमा गरिएको लगानीले रोजगारी सिर्जना गर्दै व्यापार घाटा कम […]