शेयर बजारमा पहिरो, सबै सूचांक राताम्मे

अर्थ राजनीति  ~ शेयर बजारमा कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार खुलेदेखि बजार लगातार घटिरहेको छ । बजार मापक परिसूचक नेप्से दिउँसो साढे एक बजेसम्म ८८ अंकले घटिसकेको छ । १ बजेर ३० मिनेट सम्ममा नेप्से ८८.१४ ले घटेर बजार २८००.९० को बिन्दुमा झरेको छ । बजार अझै घटिरहेको छ । बिहीबार यो समाचार […]

विश्व बैंकसँग शिक्षा र स्वास्थ्यका लागि पौने ६ अर्ब ऋण लिने सम्झौता

अर्थ राजनीति   ~    नेपाल सरकार र विश्व बैंकबीच शिक्षा र स्वास्थ्यको क्षेत्रमा पौने ६ अर्ब सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि पचास मिलियन अमेरिकी डलर अर्थात करिब पाँच अर्ब ८७ करोड बराबरको सहुलियतपूर्ण ऋण विश्व बैंकबाट लिने सम्झौता भएको हो । बुधबार अर्थ मन्त्रालयमा एक […]

सरकारले खर्च नगरेर निक्षेपको ब्याज दोहोरो अंकमा पुग्यो

अर्थ राजनीति  ~  अन्तत: मुद्दति निक्षेपको ब्याज दर दोहोरो अंकमा पुगेको छ। असोज १ गतेबाट लागू हुने गरी बाणिज्य बैंकहरुले सार्वजनिक गरेको निक्षेपको दर अनुसार, तीनबाहेक सबै बैंकले ब्याज दर बढाएका छन्। सर्वाधिक निक्षेपको ब्याज दर बढाएको हो। भदौमा बैंकले बचतमा २.५७ देखि ४ प्रतिशतसम्म ब्याज दिँदै आएको थियो। यसलाई असोजमा ५.०७ प्रतिशत पुर्‍याएको छ। […]

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार हुँदै, दुई मन्त्री र तीन राज्यमन्त्री थपिने

अर्थ राजनीति  ~  अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार ,दुई जना मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गर्ने तयारी छ । स्रोतका अनुसार तुलसी न्यौपाने र हिरा थापा मन्त्री बन्ने सम्भावना छ । यस्तै ज्ञानेश्वर राजवंशी, उत्तम बस्नेत र लीलाबल्लभ अधिकारीलाई राज्यमन्त्री बनाउने […]

कांग्रेसमा पुराना भत्किंदै, नयाँ गुट बन्दै

अर्थ राजनीति ~  स्थापनाकालदेखि दुई गुटमा विभक्त नेपाली कांग्रेसमा १३ औं महाधिवेशनबाट तेस्रो गुट अस्तित्वमा आयो । १३ औं महाधिवेशन आउनै लाग्दा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधन भएपछि महामन्त्री कृष्णप्रसाद सिटौलाले संस्थापन समूह छाडेर सभापतिमा प्रतिस्पर्धा गरेका थिए । संस्थापन समूहबाट रामचन्द्र पौडेल सभापतिका उम्मेदवार बनेका थिए । सभापतिमा विजयी भने संस्थापन इतरका शेरबहादुर […]

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

अर्थ राजनीति  ~  राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच बुधबार राति शितल निवासमा भेटवार्ता भएको हो । राति आठ बजेदेखि १० बजेसम्म भेटवार्ता भएको सुरक्षा स्रोतले बतायो । भेटमा भएको छलफलको विषय खुलेको छैन । तर, ओलीले राजनीतिको पछिल्लो अवस्थाबारे राष्ट्रपति […]

एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक

अर्थ राजनीति   ~  एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ । आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ । एमालेले बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो । एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको टुंगो लगाएको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले करिब तीन […]

जिल्ला भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली बुटवलमा

अर्थ राजनीति  ~  पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (बुधबार) बुटवल पुगेका छन् । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा रुपन्देहीस्तरीय कार्यकर्ता भेला आयोजना गरिएको एमाले रुपन्देहीले जनाएको छ । भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल लगायतका नेताहरुले सम्बोधन गर्ने जिल्ला प्रचार विभाग प्रमुख […]

दलबीचको विवादले बजेट होलिडेको अवस्था श्रीजना

अर्थ राजनीति  ~ दलबीचको विवादले बजेट होलिडेको अवस्थामा पुग्दा निजामती कर्मचारी, शिक्षक, नेपाली सेना र प्रहरीले तलब नपाउने अवस्था सिर्जना भएको छ। अझ दसैंको पूर्वसन्ध्यामा भएको यो विवादले भत्ता वितरण समेत अन्योलमा परेको छ। खर्च गर्न नपाउने भएपछि पेन्सन निकासा समेत हुँदैन्। सरकारले दसैंको केही दिन अघिनै तलब र एक महिनाको अतिरिक्त भत्ता कर्मचारीलाई दिने गर्थ्यो। […]

राष्ट्रिय वाणिज्य बैंकले उद्यमशीलता विकास र वित्तीय साक्षरता तालिम संचालन गर्ने

अर्थ राजनीति  ~  राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद् र संखुवासभाको चैनपुर नगरपालिका बीच मंगलबार काठमाडौंमा सम्झौता भएको छ । युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धमा उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल […]