प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार हुँदै, दुई मन्त्री र तीन राज्यमन्त्री थपिने

Machchapuchchre

अर्थ राजनीति  ~  अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार ,दुई जना मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गर्ने तयारी छ । स्रोतका अनुसार तुलसी न्यौपाने र हिरा थापा मन्त्री बन्ने सम्भावना छ । यस्तै ज्ञानेश्वर राजवंशी, उत्तम बस्नेत र लीलाबल्लभ अधिकारीलाई राज्यमन्त्री बनाउने तयारी छ । एमाले सांसद लीलाबल्लभ अधिकारीले साढे ५ बजे प्रदेश प्रमुखको कार्यालयमा बोलाइएको बताए । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले मन्त्रिपरिषद् विस्तार आजै हुने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्