जिल्ला भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली बुटवलमा

Machchapuchchre

अर्थ राजनीति  ~  पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (बुधबार) बुटवल पुगेका छन् । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा रुपन्देहीस्तरीय कार्यकर्ता भेला आयोजना गरिएको एमाले रुपन्देहीले जनाएको छ । भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल लगायतका नेताहरुले सम्बोधन गर्ने जिल्ला प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए । भेलामा जिल्लाका १६ वटै स्थानीय तहबाट नेता कार्यकर्ता सहभागी हुने चापागाईंले बताए । ओली मंगलबार गृहजिल्ला झापाको कार्यकर्ता भेलामा सहभागी भएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्