पर्यटन क्षेत्रलाई लयमा ल्याउन निजी क्षेत्रसँगको सहकार्य जरुरीः वरिष्ठ उपाध्यक्ष ढकाल

अर्थ राजनीति  ~  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संकटमा परेको पर्यटन व्यवसायलाई पुनः लयमा ल्याउन सरकार र निजी क्षेत्रबीच सहकार्यको जरुरी रहेको बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघको कार्ययोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै ढकालले कोभिड महामारीबाट पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो संकट परेकाले यसलाई समाधान गर्न सबै पक्षको सहकार्य जरुरी हुने बताए […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य अन्तिम चरणमा

अर्थ राजनीति  ~  भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ भने वित्तीय प्रगति पनि ७७ प्रतिशत काम सम्पन्न भइसकेको छ । अब विमानस्थलमा केही प्राविधिक काममात्रै बाँकी रहेकाले आईसीपी जिरो २ ठेक्का सम्झौताअनुसार थाइल्याण्डको एरोथाइ कम्पनीले प्राविधिक पठाए १० दिनमै विमानस्थलको सबै काम सम्पन्न हुने […]

एमसीसीले देशमा सामाजिक र आर्थिक विकास हुन्छ : डा. भट्टराई

अर्थ राजनीति  ~  पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी कार्यक्रम लागु गर्दा देशको सामाजिक र आर्थिक विकासमा टेवा पुग्ने बताउनु भएको छ । डा. भट्टराईले सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा मंगलबार आयोजित संचारकर्मीहरुसँगको भेटघाटका क्रममा एमसीसीलाई संसदबाट अनुमोदन नगरी कार्यक्रम लागु गर्न सकिने समेत बताउनुुभयो । डा. भट्टराईले अहिले नेपालको लक्ष्य […]

राष्ट्रिय जनगणना–२०७८ का लागि सुपरिवेक्षक परिचालन

अर्थ राजनीति  ~  सरकारले राष्ट्रिय जनगणना–२०७८ का कार्यक्रम यही भदौ ३० गतेदेखि आगामी मङ्सिर ९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । सोही बमोजिम सबै सुपरिवेक्षकलाई तालिम दिएर खटाइएको जिल्ला जनगणना अधिकारी नन्दलाल सापकोटाले जानकारी दिए । “पहिलो चरणको कार्यतालिका बमोजिम सबै सुपरिवेक्षकलाई तालिम दिएर फिल्डमा खटाएका छौ,” उनले भने । सुपरिवेक्षकहरुले आगामी असोज १८ […]

प्रचण्ड : “संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था हुनसक्छ”

अर्थ राजनीति  ~  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् । अध्यक्ष प्रचण्डले संविधान बनाउने बेला नै आफूहरुले फरक मत राखेको बताए । पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। राजनीतिक दलहरुबीच सहमति गरेर अघि बढ्न […]

नेकपा एकीकृत समाजवादीले असोज ५ गते बोलायो केन्द्रीय कमिटी बैठक

अर्थ राजनीति  ~  नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक असोज ५ गते बस्ने भएको छ। नेकपा एमालेबाट छुटिएर गठन भएपछिको साे पार्टीको केन्द्रीय कमिटीको बैठक पहिलो पटक काठमाडौंमा बस्न लागेको हाे । बैठक मंगलबारका लागि तय गरे पनि केही गृहकार्य अपुग भएकाले केही दिनपछि सारिएको पार्टीले जनाएको छ। सङ्गठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह […]

” बजेट पारित हुन नसक्दा सरकारी खर्च केही दिन रोकिने” : अर्थमन्त्री शर्मा

अर्थ राजनीति  ~  बजेट नै पास नगरी संसद बैठक असोज चार गतेसम्मका स्थगित भएको छ । १५ जेठमा अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित नहुँदै संसद स्थगित भएको हो । प्रतिस्थापन विधेयक ३० भदौसम्म पारित गर्नुपर्नेमा नभएपछि अब स्वत: निष्क्रिय हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सरकारले नियमित प्रक्रियाबाटै बजेट पारित गरेर अघि […]

राष्ट्र बैंक : ” दसैंका लागि असोज ४ बाट नयाँ नोट वितरण “

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले आगामी असोज ४ गतेदेखि दसैंका लागि नयाँ नोट वितरण गर्ने जनाएको छ । कोभिडको उच्च जोखिम भन्दै अघिल्लो दसैंमा सर्वसाधारणलाई नयाँ नोट नबाँडेको राष्ट्र बैंकले यो वर्ष भने वितरण गर्ने भएको छ । राष्ट्र बैंकले असोज ४ देखि काठमाडौंमा केन्द्रीय कार्यालय बालुवाटार र हरेक प्रदेश कार्यालयमार्फत सर्वसाधारणलाई नयाँ नोट […]

आज नेपाली बजारमा सुनचाँदीको मूल्य

अर्थ राजनीति  ~  साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि […]

दीपक मनाङेले सम्पत्ति विवरण नबुझाएकोप्रति एमाले सांसदले मागे जवाफ

अर्थ राजनीति  ~  गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सम्पत्ति विवरण नबुझाएको विषयमा नेकपा एमालेका सांसद कृष्ण थापाले प्रदेशसभामा जवाफ मागेका छन् । मन्त्री मनाङेले आफ्नो लगानी युवाहरुलाई गरेको र त्यो आउन बाँकी रहेको बताएको भन्दै सांसद थापाले त्यसको वास्तविकता सभामार्फत जानकारी दिन माग गरेका हुन् । मन्त्री मनाङेले ‘मेरो सम्पत्तिबारे […]