पर्यटन क्षेत्रलाई लयमा ल्याउन निजी क्षेत्रसँगको सहकार्य जरुरीः वरिष्ठ उपाध्यक्ष ढकाल

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संकटमा परेको पर्यटन व्यवसायलाई पुनः लयमा ल्याउन सरकार र निजी क्षेत्रबीच सहकार्यको जरुरी रहेको बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघको कार्ययोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै ढकालले कोभिड महामारीबाट पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो संकट परेकाले यसलाई समाधान गर्न सबै पक्षको सहकार्य जरुरी हुने बताए । पर्यटन क्षेत्र चाँडै नै लयमा फर्कने र यसका लागि पूर्वतयारी स्वरुप गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्नेमा उनले जोड दिए ।“गौतम बुद्ध विमानस्थल चाँडो सञ्चालनमा ल्याउन महासंघले सरकारलाई आग्रह गरेको छ” उपाध्यक्ष ढकालले भने, “पर्यटन क्षेत्र चलायमान बनाउन पनि विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी पूरा गरिनुपर्छ ।”
उपाध्यक्ष ढकालले पर्यटनको अथाह सम्भावना भएको क्षेत्र रहेकाले लुम्बिनी क्षेत्रका व्यवसायीले मुलुकका अन्य क्षेत्रमा रचनात्मक कार्यक्रम आयोजना गर्न सकेमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । ढकालले निजी क्षेत्रलाई रोजगारी सिर्जना गर्ने, लगानी गर्ने क्षेत्रका रुपमा सम्मान दिनका लागि निजी क्षेत्रको एकताबद्ध आवाज बनाउनुपर्नेमा जोड दिए । बजेट, मौद्रिक नीति तथा कर सम्बन्धी नीतिमा हाल निजी क्षेत्रको सुझाव समेटिन सुरु भएको स्मरण गर्दै उनले यसमा अझै अपुग रहेको टिप्पणी गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्