विकास बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीमा वृद्धि

अर्थ राजनीति  ~  विकास बैंकहरुले गएको एक सातामा निक्षेप संकलन र कर्जा लगानी दुबैको दायरा थप विस्तार गरेका छन् ।  डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार एक साता (भदौ १९ देखि २५ गते) सम्मको अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप ०.२४% प्रतिशतले र कर्जा लगानी ०.७९% ले विस्तार भएको हो । गत हप्ता ४ […]

पोलमा रहेका इन्टरनेट तार हटाउदै विद्युत प्राधिकरण

अर्थ राजनीति  ~  स्मार्ट सिटी निर्माणसँगै काठमाडौं शहरमा अव्यवस्थित र दृश्यप्रदूषणको मुख्य कारण बन्दै गएकोले  प्राधिकरणले आफ्ना  पोलमा रहेका इन्टरनेट लगायतका  तार हटाउने भएको छ । अप्टिकल फाइबर र पोलको भाडा बुझाउन पटक पटक ताकेता गर्दा समेत चासो नदेखाए पछि प्राधिकरणले आसोज १५ भित्रमा उपत्यकाका सबै तार हटाइ सक्ने जनाएको छ । प्राधिकरणले सूचना जारी […]

माओवादी स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्दै

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजेका लागि पार्टी कार्यालय, पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा सरकार विस्तार, सांगठानिक विषय लगायतका विषयमा छलफल हुने बताइएकाे छ । माओवादी केन्द्रसमेतको समर्थनमा बनेको गठबन्धनको सरकारले दुई महिना बितिसक्दा पनि सरकार विस्तार गर्न सकेको छैन । यता, देउवाले माओवादीलगायत सरकारमा […]

ललितपुरमा भौतिक रुपमा विद्यालय सञ्चालनको जिम्मा विद्यालयलाई दिइने

अर्थ राजनीति  ~ ललितपुर महानगरपालिकाले आगामी असोज ९ गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने जिम्मेवारी विद्यालयलाई नै दिने निर्णय गरेको छ । स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गराउन विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा र कार्ययोजना बनाउन महानगरपालिकाले विद्यालयलाई सूचित गरेको छ । विद्यालय सञ्चालन गर्नुपूर्व पूर्वतयारी गरी अनिवार्य रुपमा कार्यढाँचा तथा स्वास्थ्य मापदण्डका सम्बन्धमा अभिभावक, शिक्षक, विद्यार्थी र अन्य […]

पशुपतिमा अख्तियार : सुनको जलहरीमा भ्रष्टाचारको गन्ध

अर्थ राजनीति  ~  विगतमा राजाहरूले आफ्नो सम्बोधनको अन्त्यमा ‘पशुपतिनाथले हामी सबैको कल्याण गरुन्’ भन्थे । भ्रष्टाचारीको मुख नहेर्ने घोषणा गरेका पूर्ववर्ती कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले त्यही पशुपतिनाथ मन्दिरमा पूजा गर्न जाँदा चाँदीको जलहरी हटाई सुनको जलहरी राख्ने निर्देशन दिए । तर, जलहरी सुनको बनाए पनि मन सफा नभएपछि यतिबेला पशुपतिनाथको मुटुमा रहेको जलहरीमा भ्रष्टाचारको […]

बजेट पारित नहुँदै संसद बैठक असोज ४ गतेसम्म स्थगित

अर्थ राजनीति  ~  बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो । मंगलबारको बैठकमा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार […]

एमालेको विरोधकाबीच राष्ट्रियसभामा राजनीतिकदलसम्बन्धी अध्यादेश पेश

अर्थ राजनीति  ~  राष्ट्रियसभाको आजको बैठकमानेकपा (एमाले)का सांसदको बिरोधकाबीच राजनीतिकदलसम्बन्धी (दाेस्राे संशोधन) अध्यादेश, २०७८ पेश भएको छ । विरोधकाबीच अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गृहमन्त्री बालकृष्ण खाँणलाई अध्यादेश पेश गर्न समय दिनुभएको थियो । यसअघि अध्यक्ष तिमल्सिनाले आजको बैठकको कार्यवाही सुरु गर्ने वित्तिकै नेकपा एमालेका सांसदले उठेर विरोध जनाएका थिए । अध्यक्ष तिमल्सिनाले एमाले सांसद देवेन्द्र दाहाललाई […]

सङ्घीय संसद्का दुवै सदनका बैठक आज

अर्थ राजनीति  ~  सङ्घीय संसद्का दुवै सदनका बैठक आज अपराह्न १ः०० बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछन् । प्रतिनिधिसभा आजको बैठकमा शपथसम्बन्धी अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन)अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, स्वीकृतिका […]

पशुपतिनाथ मन्दिर आज देखि खुल्ला गरियो

अर्थ राजनीति  ~  लामो समय देखि कोरोना सङ्क्रमणले बन्द रहेको पशुपतिनाथ मन्दिर आज (शुक्रबार) देखि सर्वसाधारणका लागि खुला भएको छ । बिहान ६ः०० बजेदेखि मन्दिर साबिक अनुसार खुला हुन्छ । वैशाखदेखि सङ्क्रमणका कारण मन्दिर बन्द थियो । सर्वसाधारण भक्तजनको व्यग्र प्रतीक्षामा रहेको यो मन्दिरमा अत्यधिक भीड हुन सक्ने अनुमान गर्दै पशुपति क्षेत्र विकास कोषले आवश्यक सुरक्षा प्रबन्ध पनि […]

वैदेशिक लगानी करिब २ खर्ब बराबर पुगेको राष्ट्र बैंकको अनुमान

अर्थ राजनीति  ~  नेपालमा आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ८.५ प्रतिशतले वृद्धि भई रु.१९८ अर्ब ५२ करोड कायम रहेको पाइएको छ । राष्ट्र बैंकले गरेको एक सर्वेक्षण प्रतिवेदन अनुसार कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५४.४ प्रतिशत, रिजर्भ ३३.८ प्रतिशत र कर्जाको अंश ११.८ प्रतिशत रहेको पाइएको छ । चुक्ता […]