शेयर बजारमा पहिरो, सबै सूचांक राताम्मे

Machchapuchchre
अर्थ राजनीति  ~ शेयर बजारमा कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार खुलेदेखि बजार लगातार घटिरहेको छ । बजार मापक परिसूचक नेप्से दिउँसो साढे एक बजेसम्म ८८ अंकले घटिसकेको छ । १ बजेर ३० मिनेट सम्ममा नेप्से ८८.१४ ले घटेर बजार २८००.९० को बिन्दुमा झरेको छ । बजार अझै घटिरहेको छ । बिहीबार यो समाचार तयार पार्दासम्म १३ वटै उपसमूहका परिसूचक घटेका छन् । बजार राताम्मे भएको छ । अघिल्लो साता नेप्सेमा ५ प्रतिशतको गिरावट आएपछि सर्किट ब्रेकर लागेको थियो । त्यसपछि सम्हालिएको शेयर बजार गत मंगलबारदेखि घटिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्