” पर्यटक आउने सहज व्यवस्था मिलाउनुपर्छ ” : होटल व्यवसायी

Machchapuchchre

अर्थ राजनीति  ~  पर्यटन व्यवसायीहरूले सरकारले तत्काल पर्यटकहरूलाई नेपाल आउने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् ।
कोरोना महामारीको जोखिम कम भइरहेकाले सरकारले पर्यटकका लागि सहजता प्रदान गर्न अन अराइभलको भिसा र क्वारेन्टाइनका कुराहरूमा सहजता प्रदान गर्नुपर्ने माग राखेका हुन् । होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले अन्य देशहरूमा पर्यटकका लागि भिसा दिइरहेको बताउँदै नेपालले पनि चीन, भारत र अन्य मुलुकका पर्यटकहरू भित्राउन सरकारले सहजता प्रदान गर्नुपर्ने बताए । उनले पर्यटनको बजार बढाउनका लागि अब ढिला भइसकेको भन्दै सरकारले पर्यटकहरूका लागि घोषणा गरेको १० दिनको लागि पर्यटन कागज कार्यविधि बनाएर लागू गर्नुपर्ने, विदेशी पर्यटकलाई महिना दिनको फ्रि भिसालगायतका कुराहरूलाई कार्यविधि बनाएर तत्काल निर्णय गर्नुपर्ने व्यवसायीहरूको माग रहेको बताए । प्रथम उपाध्यक्ष शाहले भन्ने, ‘हामी सर्भिस इण्डस्ट्री हौं, हामीले देश तथा विदेशबाट आउने पर्यटकहरूका लागि हामीले उहाँहरूले खोजेजस्तो सेवा दिन सकेनौँ भने हामीकहाँ आइरहने ग्राहकहरू हराउँछन्, जसले जति खर्च गर्नुहुन्छ, त्यो अनुसारको सेवा हामीले दिनैपर्छ, त्यसलै हामीले एकदमै कम्पिटिटिभ भएर काम गर्नुपर्छ, अहिले सबै मात्रामा कामदारहरू पनि आइरहनुभएको छैन, ठूला होटलहरूको पनि लगानी बढेर गएको देखिन्छ, बिजनेश छैन, एक,दुईवटा बिजनेश हुँदा पनि उसले घटाघट गर्ने अवस्था जस्तो देखिएको छ, अहिले सस्तोमा गरेर भएपनि केही टिक्न सकिन्छ कि भन्ने हिसावले पनि मान्छे हेरिरहेका छन् । यो विषम परिस्थिति हो, हामीले बजार बढ्ने कामहरू गर्नुपर्यो, सरकारले घोषणा गरेको कुरा पर्यटकलाई १० दिनको पर्यटन कागज भनेको छ, यसको कार्यविधि बनेको छैन, यो बनाएर तत्काल निर्णय गर्नुपर्यो, त्यस्तै विदेशी पर्यटकलाई महिना दिनको फ्रि भिसा भनेको छ, यसको पनि कार्यविधि अहिलेसम्म बनेको छैन, अक्टोबर, नोभेम्बरमा नेपाल आउन चाहने पर्यटकहरू आधाले क्यान्सिल गरिसके, किनभने हामीसँग आजको दिनसम्म अन अराइभल भिसा छैन, भिसा सहज बनाउने अवस्था छैन, धेरै मानिसहरू आउन खोज्नुभएको थियो, माउन्टेन ट्रेकिङको लागि नेपाल प्रख्यात भएकोले आउन चाहेका थिए । अहिले भ्याक्सिन लगाएका मानिसहरू हाम्रोमा आउने र हाम्रो कर्मचारी पनि भ्याक्सिन लगाइसकेको हुनाले आत्मविश्वास बढेको छ, यसलाई मध्यनजर गरेर सरकारले सक्दो चाँडो अन अराइभल भिसा, क्वारेन्टाइनका कुराहरू हटाउने, भारत र चीनका सीमानाकाहरू खोलिदिनुपर्यो, अरु सबै देशले खोलिसके, हामी धेरै पछि परेका छौं, सरकारले तत्काल यसमा निर्णय गरोस्, सीसीएमसीमा पनि हामीले यी कुरा राखिसकेका छौं, सीसीएमसीले पनि भनिसकेको भनिएको छ, हामी सरकारको निर्णयको पर्खाइमा छौं ।’  होटल पबेराका सञ्चालक राधेश्याम थापाले कोरोनाका कहर बिस्तारै कम भइरहेकोले अब पर्यटन क्षेत्र पनि बिस्तारै खुल्दै जाने बताए । उनले नेपालको सौन्दर्यताको चर्चा धेरै भएकाले अब पर्यटकहरू आउने कुरामा आशावादी रहेको बताए ।  कोरोनाका कारण डेढ वर्षयता थला परेको पर्यटन तथा होटल व्यवसायलाई निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था सरकारले मिलाइदिनुपर्ने व्यवसायीहरूका माग छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्