माधवकुमार नेपाल : “एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ”

Machchapuchchre

अर्थ राजनीति  ~  सत्तारुढ गठबन्धन आवद्ध दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । शुक्रबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय पार्टी कार्यालय उद्घाटन गर्दै उनले एक साताभित्र मन्त्रिरिषद्लाई पूर्णता दिने गरी छलफल भइरहेको बताएका हुन् । संघदेखि सातै प्रदेशमा नेकपा (एस) सत्तारुढ दलको रूपमा रहने उनको भनाइ छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको दुई महिता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । जस कारण सत्तारुढ दलहरूको आलोचना भइरहेको छ । अध्यक्ष नेपालले आफ्नो पार्टीले अन्य दलसँग एकता नगर्ने समेत बताएका छन् । उनले तत्काल पार्टी एकता नगर्ने बताएका हुन् । माओवादी केन्द्र, नेकपा (एस) सहित कम्युनिस्ट पार्टीबीच एकता हुन गर्ने भनिएका बेला उनको सो अभिव्यक्ति सार्वजनिक भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्