मनमा एमाले छ , माधव नेपाल एमालेमै फर्किन्छन् : योगेश भट्टराई

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेका नेता योगेश भट्टराईले माधवकुमार नेपाल एमालेमै फर्किने बताएका छन् । विदेश गएका मानिसहरु काम गर्न नसकेर घर फर्किएजस्तै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल पनि एमालेमै फर्किने भट्टराईले बताए । पोखरामा प्रेस चौतारी नेपाल कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले भने, “समाजवादी पार्टीका नेता/कार्यकर्ताको मनमा एमाले छ । उहाँहरु एमालेभन्दा बाहिर बस्न सक्नुहुन्न। उहाँहरु एमाले सिक भएर फर्किनुहुन्छ ।”उनले नेपालकै सहमतिमा कार्यदल बनाइएको, नेपालकै रोहबरमा १० बुँदे सहमति गरिएको तर नेपालले नै नमानेर हिँडेको बताए । पार्टीभित्र केही विमति भए पनि त्यसलाई वैधानिक ढंगले छलफलबाट हल गर्ने र पार्टीभित्र छलफल नगरी नेपालले आफ्नै हिसाबले पार्टी विभाजन गरेको उनले बताए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्