अष्टलक्ष्मी शाक्य : “माधवजी , तपाईंले लिएको बाटो सही छैन, पार्टीमा फर्किनुस् “

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेता माधव कुमार नेपालले लिएको बाटो सही नभएको बताएकी छिन् । बिहीबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बागमती प्रदेशकी मुख्यमन्त्री समेत रहेकी उपाध्यक्ष शाक्यले पार्टी विभाजन गरेर नयाँ दल गठन गर्ने नेपालको बाटो सही नभएको बताएकी हुन् । उपाध्यक्ष शाक्यले पार्टीभित्र फुटको राजनीति नभई जुटको राजनीति आवश्यक रहेको बताइन् । ‘माधव नेपालले लिएको बाटो सही छैन । यतिबेला एमालेमा फुटको होइन, जुटको राजनीति आवश्यक छ,’ उनले भनिन् । उपाध्यक्ष शाक्यले पार्टीमा फर्किन माधव नेपाललाई आग्रह पनि गरिन् ।‘तपाईं हामी सबैको नेता हो । आफैँले दुःख गरेर जन्माएको र जीवन नै बिताएको पार्टी फुटाएर नयाँ पार्टी बनाएर जनमत सिर्जना गर्छु भन्ने तपाईंको कुरा गलत छ,’ उनले भनिन्, ‘पार्टीलाई सुदृढ बनाउन तपाईंको आवश्यकता छ । एक पटक आफूलाई समीक्षा गरेर पार्टीमा फर्किनुस् ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्