” लोकतन्त्रविरोधी अध्यादेश खारेजी गर ” : उपेन्द्र यादव

अर्थ राजनीति  ~  संसद भवनमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष यादवले लोकतन्त्र र राजनीतिक दललाई कमजोर बनाउने अध्यादेश खारेज नभएसम्म मन्त्रिपरिषदले पूर्णता पाउन नसक्ने बताए। ‘राजनीतिक दलसम्बन्धी अध्यादेश दलहरु फुटाउने, कलह बढाउने र लोकतन्त्रलाई कमजोर बनाउने अध्यादेश हो । यो अध्यादेश खारेज भएपछि मात्रै मन्त्रिपरिषदले पूर्णता पाउन सक्छ,’ उनले भने।

” मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ ” : प्रधानमन्त्री देउवा

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सहभागी भएर निस्कने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।  ‘मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ,’ उनले भने। सरकार गठन भएको दुई महिनाभन्दा धेरै भइसके पनि अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। केपी ओली नेतृत्वको सरकार ढालेर गठबन्धनको सरकारको नेतृत्व […]

सुनको मूल्य तोलामा २ सयले घटेर ८८ हजार ९ सय

अर्थ राजनीति  ~  सुनको मूल्य अघिल्लो दिनको भन्दा तोलामा २ सय रुपैयाँले घटेको छ। सोमबारका लागि कारोबार मूल्य प्रतितोला ८८ हजार ९ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साताको पहिलो दिन आइतबार ८९ हजार एक  सय रुपैयाँमा कारोबार भएको थियो। गत शुक्रवार एकैदिन तोलामा १४ सय रुपैयाँले घट्दा ८९ हजार १ […]

बजेट पारित भएपछि झन् धेरै घट्यो सेयर बजार

अर्थ राजनीति  ~   तीन दिनको बिदापछि खुलेको सेयर बजारमा लगानीकर्ता चरम निराशामा परेका छन्। बजेट पारितसँगै खर्च गर्ने अधिकार संसदबाट पाएकै दिन सेयर बजार सवा १ बजेसम्म ९२ अंकले घटिसकेको छ। राष्ट्र बैंकको सेयर धितो ऋणमा गरेको कडाइपछि झर्न थालेको बजारलाई तरलता अभावले समस्यामा पारेको छ। बजार घट्न थालेपछि बढेका  बेला प्रवेश गरेका लगानीकर्ता ‘प्यानिक सेल’ […]

पूर्णरुपमा असफल साबित भएका मेयर शाक्य

अर्थ राजनीति  ~  चुनावी घोषणापत्रबाटै नगरबासीसँग मनोरेल, सिटी केबलकार, स्मार्ट सिटी जस्ता ठुला शहरी पूर्वाधारहरु विकासको बाचा गरेका विद्यासुन्दर शाक्य काठमाडौं महानगरको मेयरको कार्यकालकै अन्तिमतिर पुगिसक्दा ती योजना कार्यान्वयनमा भने पूर्णरुपमा असफल साबित भएका छन्। निर्वाचित भएको चार वर्षभन्दा बढी समय बितिसक्दा देशको सबैभन्दा ठूलो महानगरका बासिन्दालाई भोटका लागि सपना देखाएका एउटा पनि ठुला पूर्वाधार […]

माधव नेपालविरुद्ध दायर गरेको रिट कार्की र चुडालको इजलासमा

अर्थ राजनीति  ~  एमालेले निष्कासन गरेका १४ जना सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको र तिनै व्यक्तिको सनाखतबाट निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दर्ता भएको भन्दै परेको मुद्दामा आज सुनुवाइ हुँदैछ । एमाले अध्यक्ष केपी ओलीले दर्ता गरेको रिट निवेदन न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको छ । एमालेले माधवकुमार […]

” केपी ओली नेपालको भ्रष्ट र जाली नेता हुन् ” : अध्यक्ष दाहाल

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई नेपालकै भ्रष्ट र जाली नेता भएको आरोप लगाउनुभएको छ । माओवादी पार्टी कार्यालय कोटेश्वरमा गरिएको सूर्यनाथ राम यादवको स्मृति दिवस कार्यक्रममा ओलीविरुद्ध खनिनुभएका दाहालले एमालेका नेता घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण बिष्टलगायत दश जना नेताले आत्मसमर्पण गरेको टिप्पणी पनि गर्नुभयो । […]

अख्तियारद्वारा एक सय बढीसँग बयान

अर्थ राजनीति  ~  कञ्चनपुरमा वर्षौंदेखि भूमाफियाको कब्जामा रहेको महेन्द्रनगर नगर विकास समितिको सयौं बिघा जग्गा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयबाट विशेष टोली महेन्द्रनगर आएर छानबिन गरिरहेको छ । बालुवाटारस्थित ललिता निवासको जग्गामा जस्तै अनियमितता भएको पाइएपछि अख्तियारको टोलीले विशेष छानबिन र अनुसन्धान गरेको हो ।यसै क्रममा अख्तियारले जग्गा अनियमितता प्रकरणमा संलग्न रहेको […]

संसद् बैठक ७ असोजसम्म स्थगित

अर्थ राजनीति  ~  प्रतिनिधिसभाको बैठक ७ असोजसम्मका लागि स्थगित गरिएको छ । एमाले सांसदहरूको नाराबाजीबीच सोमबारको बैठकलाई कार्यसूचीमा प्रवेश गराएका सभामुख सापकोटाले अर्को बैठक ७ असोज दिउँसो २ बजे बस्ने जानकारी दिएका हुन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक पारित गरेको छ ।

ग्लोबल आइएमई बैंक र निड्सबीच सम्झौता

अर्थ राजनीति  ~  ग्लोबल आइएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिलाई सहुयितपूर्ण कर्जा साथै वित्तीय साक्षरता एवम् उद्यमशीलता तालिम उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार संस्थानको सिफारिसमा वैदेशिक रोजगारीबाट फर्केका युवा, वैदेशिक रोजगारीमा रहेका श्रमिकका आश्रित परिवार, मानव बेचविखनमा परी उद्घार गरिएकालगायत लक्षित समुदाय तथा क्षेत्रका […]