ग्लोबल आइएमई बैंक र निड्सबीच सम्झौता

Machchapuchchre

अर्थ राजनीति  ~  ग्लोबल आइएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिलाई सहुयितपूर्ण कर्जा साथै वित्तीय साक्षरता एवम् उद्यमशीलता तालिम उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार संस्थानको सिफारिसमा वैदेशिक रोजगारीबाट फर्केका युवा, वैदेशिक रोजगारीमा रहेका श्रमिकका आश्रित परिवार, मानव बेचविखनमा परी उद्घार गरिएकालगायत लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिलाई बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने जनाएको छ । नेपाल विकास अध्ययन संस्थानले सम्बन्धित स्थानीय सरकारसँग समन्वय गरी कार्यक्रममा छनौटका लागि आवेदन माग गरी लक्षित व्यक्तिको सूची बनाउने छ । संस्थानले छनौट गरेका व्यक्तिलाई उचित अभिमुखीकरणको तालिमको व्यवस्था गरी सहुलियतपूर्ण कर्जाका लागि बैंकलाई सिफारिस गर्नेछ ।उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र संस्थानका कार्यकारी निर्देशक चिरञ्जिवी बरालले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्