” मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ ” : प्रधानमन्त्री देउवा

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सहभागी भएर निस्कने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।  ‘मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ,’ उनले भने। सरकार गठन भएको दुई महिनाभन्दा धेरै भइसके पनि अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। केपी ओली नेतृत्वको सरकार ढालेर गठबन्धनको सरकारको नेतृत्व गरेका देउवाले पाँच सदस्यीय मन्त्रिपरिषद्कै भरमा सरकार चलाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्