सुनको मूल्य तोलामा २ सयले घटेर ८८ हजार ९ सय

Machchapuchchre

अर्थ राजनीति  ~  सुनको मूल्य अघिल्लो दिनको भन्दा तोलामा २ सय रुपैयाँले घटेको छ। सोमबारका लागि कारोबार मूल्य प्रतितोला ८८ हजार ९ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साताको पहिलो दिन आइतबार ८९ हजार एक  सय रुपैयाँमा कारोबार भएको थियो। गत शुक्रवार एकैदिन तोलामा १४ सय रुपैयाँले घट्दा ८९ हजार १ सय रुपैयाँ प्रतितोला भएको थियो । लामो समयपछि सुनको मूल्य प्रतितोला ८८ हजारमा आइपुगेको हो। चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर ११ सय ३५ रुपैयाँ भएको छ । गत आइतबार तोलामा २० घट्दा ११ सय ५० रुपैयाँ भएको थियो।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्