राष्ट्रपतिद्वारा परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त

अर्थ राजनीति  ~  परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ , “सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८ / ३ / २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको […]

” माधव नेपाल लोभी बाहुन हुन् ” : गोकुल बाँस्कोटा

अर्थ राजनीति  ~  नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ‘लोभी बाहुन’ भएको टिप्पणी गरेका छन् । मंगलबार प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बाँस्कोटाले नेता नेपाललाई ‘लोभी बाहुन’ भएको टिप्पणी गरेका हुन् । विद्रोहका नाममा संसदमा बसेको भन्दै उनले भने ,‘विद्रोह गर्नेले छोड्नुपर्थ्यो । […]

मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण शुरू गरिने

अर्थ राजनीति ~  असार १ गते आएको विनाशकारी बाढी तथा पहिरोबाट क्षतिग्रस्त राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना पुनर्निर्माण थाल्न १ अर्ब रुपैयाँ उपलब्ध गराएसँगै पुनर्निर्माण शुरू गर्ने तयारी गरिएको छ । बाढी र पहिरोले मुहान क्षेत्र तहसनहस बनाएको भए पनि सरकारले आवश्यक रकम जुटाउने प्रतिबद्धता जनाएकाले सम्बद्ध निकायसँग छलफल गरेर आयोजनाको काम अगाडि बढाउन शुरू […]

एमालेलाई बहुमतप्राप्त पहिलो शक्ति बनाउने ओलीको तयारी

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मुलुकको बहुमतप्राप्त पहिलो शक्ति बनाउने घोषणा गरेका छन् । हालै सम्पन्न स्थायी समिति बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन मस्यौदामा पार्टीलाई बहुमतप्राप्त मुलुकको पहिलो शक्ति बनाउने र राज्य सञ्चालनको केन्द्र भागमा पुनर्स्थापित गर्ने उल्लेख गरेका हुन् । मस्यौदाको ‘आगामी कार्यभार’, […]

निफ्राका शेयर धनीहरुलाई कम्पनीद्वारा पहिलो पटक ८.५ प्रतिशत लाभांश घोषणा

अर्थ राजनीति  ~  नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले पहिलो पटक लाभांश घोषणा गरेको छ । पहिलो पटक हात खाली नहुनेगरी सर्वसाधारणका लागि आईपीओ जारी गरेको कम्पनीले पहिलो पटक ८.५ प्रतिशतको लाभांश घोषणा गरेको हो । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट शेयर धनीहरुलाई ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव […]

अन्तरबैंक भुक्तानी प्रणालीको समय सीमा वृद्धि

अर्थ राजनीति  ~  नेपाल क्लियरिङ हाउस लिमिटेडले चेक क्लियरिङ गर्ने समयसीमा सेवा बढाएको छ । क्लियरिङ हाउसद्वारा सञ्चालित एनसीएचएल आईपीएसबाट हुने अन्तरबैंक भुक्तानी प्रणालीको समय सीमा वृद्धि गरिएको हो । एनसीएचएल आईपीएस प्रणालीमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म (आइतबारदेखि बिहीबारसम्म नेपाली र सोमबारदेखि बिहीबारसम्म विदेशी मुद्रा) प्राप्त भएका भुक्तानी आदेश सोही दिन फर्छ्योट हुने […]

अमेरिकाले हटायो डेढ वर्षपछि कोभिड यात्रा प्रतिबन्ध

अर्थ राजनीति  ~  अमेरिकाले कोभिडका कारण विदेशी हवाई यात्रुका लागि लगाएको यात्रा प्रतिबन्ध नोभेम्वरदेखि हटाउने भएको छ । तर, सबै यात्रुले खोप लगाएको वा कोभिड परीक्षण गरेको हुनुपर्नेछ । कोरोना महामारी बढेसँगै १८ महिनाअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाएका थिए । अमेरिकाले लगाएको अप्रत्यासित प्रतिबन्धका कारण विभिन्न देशबाट अमेरिका गएर बसेका व्यक्तिलाई […]

खुलेको छैन बजेट खर्च गर्ने बाटो सरकारको

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बाबजुद विनियोजन विधेयक २०७८ प्रतिनिधिसभाबाट पारित गरेको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विधेयक बहुमतले पारित भएको हो । तर, विधेयक पास भए पनि तत्काल सरकारले सरकारी कोषबाट खर्च गर्न भने पाउने छैन । राष्ट्रपतिबाट बजेट स्वीकृत नभएसम्म सरकारले खर्च गर्न […]

नेकपा (एस) को केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

अर्थ राजनीति  ~ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ । क्वालिटी ब्यांकेट बुद्धनगरमा बैठक बस्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । गत भदौमा नेपाल एमालेबाट अलग भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एस) गठन भएको थियो । पहिलो केन्द्रीय कमिटी बैठकले संगठनको निर्माण, कार्यदिशा र आगामी रणनीति तय गर्ने बताइएको छ […]

कांग्रेस काठमाडौँको वडा अधिवेशन आज हुँदै

अर्थ राजनीति  ~  नेपाली कांग्रेस काठमाडौँको वडा अधिवेशन आज हुँदैछ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौंको वडा अधिवेशनलाई महत्वका साथ हेरिन्छ । तर क्रियाशील सदस्यताको विवाद नमिल्दा पूर्वनिर्धारित मिति भदौ १८ गते वडा अधिवेशन हुन सकेको थिएन । पछि विवाद मिलेपछि कांग्रेस काठमाडौँ जिल्ला समितिको बैठकले असोज ५ गते वडा अधिवेशन […]