अन्तरबैंक भुक्तानी प्रणालीको समय सीमा वृद्धि

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल क्लियरिङ हाउस लिमिटेडले चेक क्लियरिङ गर्ने समयसीमा सेवा बढाएको छ । क्लियरिङ हाउसद्वारा सञ्चालित एनसीएचएल आईपीएसबाट हुने अन्तरबैंक भुक्तानी प्रणालीको समय सीमा वृद्धि गरिएको हो । एनसीएचएल आईपीएस प्रणालीमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म (आइतबारदेखि बिहीबारसम्म नेपाली र सोमबारदेखि बिहीबारसम्म विदेशी मुद्रा) प्राप्त भएका भुक्तानी आदेश सोही दिन फर्छ्योट हुने व्यवस्था लागू गरिएको कम्पनीले जनाएको छ । यसअघि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म प्राप्त भुक्तानी आदेश मात्र त्यही दिन फर्छ्योट हुने गरेको थियो । समय सीमा वृद्धिसँगै प्रणालीमा आएका कारोबार अर्को दिन फर्छ्योट हुने व्यवस्था यथावत् रहनेछ । त्यसैगरी दिउँसो ३ः३० बजेसम्म प्राप्त बैंकको आफ्नो ट्रेजरी पेमेन्टसम्बन्धी भुक्तानी आदेश सोही दिन फर्छ्योट हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । त्यस्तै शुक्रबारसमेत साढे १२ बजेसम्मका भुक्तानी आदेश सकेसम्म त्यही दिन फर्छ्योट गर्नेसमेत कम्पनीलेले जानकारी गराएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडले अन्तरबैंक कारोबारमा सहजीकरण गर्ने गर्छ । एनसीएचएल ईसीसी, एनसीएचएल आईपीएस, कनेक्ट आईपीएस, कनेक्ट आरटीजीएस, एनपीआई र कर्पोरेट पे लगायतका राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्