अमेरिकाले हटायो डेढ वर्षपछि कोभिड यात्रा प्रतिबन्ध

Machchapuchchre

अर्थ राजनीति  ~  अमेरिकाले कोभिडका कारण विदेशी हवाई यात्रुका लागि लगाएको यात्रा प्रतिबन्ध नोभेम्वरदेखि हटाउने भएको छ । तर, सबै यात्रुले खोप लगाएको वा कोभिड परीक्षण गरेको हुनुपर्नेछ । कोरोना महामारी बढेसँगै १८ महिनाअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाएका थिए । अमेरिकाले लगाएको अप्रत्यासित प्रतिबन्धका कारण विभिन्न देशबाट अमेरिका गएर बसेका व्यक्तिलाई उनीहरुका छिमेकी, साथीभाई र आफन्तले महिनौंदेखि भेट गर्न पाएका थिएनन् । नयाँ नियम नोभेम्बरको सुरुदेखि लागू हुने राष्ट्रपति जो बाइडेनका कोरोनाभाईरससम्बन्धी संयोजक जेफ्री जाइन्टसले जानाकारी दिए । कोभिड यात्रा प्रतिबन्ध हटाउन युरोपसहित अन्य मुलुकले अमेरिकामाथि दबाब दिदै आएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्