” माधव नेपाल लोभी बाहुन हुन् ” : गोकुल बाँस्कोटा

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ‘लोभी बाहुन’ भएको टिप्पणी गरेका छन् । मंगलबार प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बाँस्कोटाले नेता नेपाललाई ‘लोभी बाहुन’ भएको टिप्पणी गरेका हुन् । विद्रोहका नाममा संसदमा बसेको भन्दै उनले भने ,‘विद्रोह गर्नेले छोड्नुपर्थ्यो । माधव नेपालले हामी एमाले होइनौँ भनेर पद छोडेर अर्को पार्टी बनाएको भए सलाम नै गर्थेँ । मान्छे विद्रोही नै रहेछ उमेर ७० भए पनि भन्थेँ । यो त लोभी बाहुन हो । २२ जनासमेत नछोड्ने, अदालत जाने अनि एमालेलाई गाली गर्ने ?’ एमाले छोडेर एकीकृत समाजवादीमा गएका सांसदलाई नेता बाँस्कोटाले महा–प्रतिगमनकारीको संज्ञा दिए । माधव नेपालको अस्तित्व चुनावसम्मलाई मात्रै रहेको  बाँस्कोटाको दाबी छ । ‘माधव नेपालको पार्टी भनेको घाम नझुल्किँदासम्मको सितमात्रै हो । चुनाव भएसी अस्तित्व सकिन्छ,’ उनले भने, ‘उहाँले जबज नै पोलेर खाइदिनुभयो । पार्टीद्रोही हो, देशद्रोही हो माधव नेपाल । किनभने अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय स्वाधिनतालाई एउटा उचाइमा पु¥याएको पार्टीलाई कमजोर बनाएर दुनियाँ कुरा गर्दै हिँडे ।’सभामुख अग्निप्रसाद सापकोटाले १४ सांसदलाई कारबाही नगर्दासम्म संसद चल्न नदिने बाँस्कोटाले बताए । सभामुख सापकोटा संविधानको धारामार्फत नभई ‘प्रचण्डधारा’ अनुसार चलेको उनको आरोप छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्