राष्ट्रपतिद्वारा परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त

Machchapuchchre

अर्थ राजनीति  ~  परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ , “सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८ / ३ / २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा डा. नारायण खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको छ । ”मन्त्री खड्काको शपथ आजै दिउँसो १ बजेका लागि तय गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्