उपसभामुखबाट राजीनामा दिन अस्वीकार गरेकी शिवमाया बालुवाटार पुगिन

काठमाडौं । नेकपाका शीर्ष नेताले बोलाएपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फे बालुवाटार पुगेकी छन् । शनिबारको नेकपा सचिवालय बैठकले उपसभामुखको पदबाट राजीनामा दिन लगाएपछि उनले अस्वीकार गरेकी थिइन् । त्यसपछि आइतबार बिहान नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा छलफल गरेका थिए । छलफलपछि उनलाई बालुवाटार बोलाइएको नेकपा स्रोतले जनाएको छ । उनी बालुवाटर पुग्दा […]

सुचना प्रविधि विधेयक खारेज गर्न क्रान्तिकारी पत्रकार महासंघको माग

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघले एक वक्तव्य जारी गरि डप्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी सुचना तथा प्रविधि विधेयक खारेज गर्न माग गरेको छ । महासंघका अध्यक्ष इन्द्र राउतले शनिबार एक वक्तव्य जारी सुचना तथा प्रविधि विधेयक खारेजीको माग गरेका हुन् । उनले जारी गरेको वक्तव्यमा भनिएको छ, “सुचना तथा प्रविधि विधेयकभित्रका अधिकांश दफा तथा प्रावधानहरुले प्रेस […]

कांग्रेसको आरोप – सरकारले सीजी कम्युनिकेसनमाथि प्रतिशोधपूर्ण व्यवहार गर्‍यो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका सांसद विनोद चौधरीको सीजी कम्युनिकेसनमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएको छ । सम्पूर्ण प्रक्रिया पूरा गरेको र कुनै वक्यौता नरहेको औद्योगिक घरानाप्रति सरकारले गरेको व्यवहारलाई पार्टीले दुःखद् रुपमा लिएको प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन् । ‘सरकारले नै गत वर्ष आयोजना गरेको लगानी […]

भोलि विप्लव पनि नेकपामा आउनुपर्छ – प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्र विक्रम चन्द विप्लवलाई पार्टी आउन ढिलाई नगर्न आग्रह गरेका छन् । विप्लव नेतृत्वको नेकपाका नेता मोहन कार्की जीवन्तलगायतलाई नेकपा प्रवेश गराउँदै उनले अरु नेताहरुलाई आउन आग्रह गरेका हुन् । ‘भोलि स्वयम विप्लव पनि आउनुपर्छ । आउन ढिला गर्नुभयो भने त्यसले उहाँलाई पनि फाइदा […]

प्रदेश ३ को राजधानी धुलिखेल बनाउन साझा पार्टीको प्रस्ताव

हेटौंडा । साझा पार्टीले काभ्रेको धुलिखेललाई प्रदेश ३ को राजधानी बनाउन प्रस्ताव गरेको छ । उसले आफ्नो प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेको छ । प्रदेश ३ को नाम ‘वागमती’मा सहमत हुँदै राजधानी धुलिखेल हुनुपर्ने प्रस्ताव दर्ता गराएको प्रस्तावक रमेश पौडेलले बताए । सांसद रमेश पौडेलको यो प्रस्तावमा बिराजभक्त श्रेष्ठ र शोभा शाक्य समर्थक छन् । प्रदेश […]

युक्रेनी जहाज क्षेप्यास्त्रबाट खसालिएको अमेरिकी दावीको इरानद्वारा खण्डन

तेहरान । इरानले शुक्रबार आफ्नो राजधानी तेहरानको नजिक दुर्घटना भएको युक्रेनी विमानलाई इरानद्वारा इराकतर्फ प्रक्षेपण गरिएको क्षेप्यास्त्रले खसालेको भन्ने अमेरिकाको दावीको खण्डन गरेको छ । विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको भन्दै यसबारे अहिल्यै केही भन्न नसकिने तर अमेरिकालगायतका उसका सहयोगीहरूले दावी गरेजस्तो विमानमा इरानी क्षेप्यास्त्र लागेको भन्ने दावी ‘गलत’ रहेको इरानले बताएको हो । इरानको […]

सरकारको आलोचना गर्नेलाई जन्मकैदसम्मको कारबाही अस्वीकार्य -विज्ञहरु

काठमाडौँ । सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा नागरिक स्वतन्त्रता कुण्ठित गर्ने र सरकारको आलोचना गर्नेलाई जन्मकैदसम्मको कारबाही गर्ने व्यवस्था स्वीकार्य नरहेको विज्ञहरुले बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘अभिव्यक्ति स्वतन्त्रता संरक्षणका चुनौतिहरु’ सम्बन्धी कार्यक्रममा विज्ञहरुले सरकारले नागरिक स्वतन्त्रता हनन् गर्दै अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोजेको बताएका हुन् । कार्यक्रममा संविधानविद् भिमार्जुन आचार्यले सूचना […]

धनुषामा युवकलाई ठक्कर दिने टिपरको चालक पक्राउ

काठमाडौं । अवैध नदी उत्खनन्को विरोध गर्ने युवकलाई धनुषाको मिथिला नगरपालिकामा टिपरले किचेर ‘हत्या’ गरिएको घटनामा अनुसन्धानका लागि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले ना ७ ख ६४१३ नम्बरको टिपरका चालक वर्दिवास घर भएका मुनिन्द्र महतोलाई पक्राउ गरेको हो । शुक्रबार बिहान टिपरको ठक्करबाट स्थानीय दिलिपकुमार महतोको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय, […]

मोदीको हिन्दू अतिवादले भारत संकटमा – अमेरिकी एजेन्सी

काठमाडौं । हिन्दू साम्प्रदायिक एजेण्डा र गिर्दो अर्थव्यवस्थाका कारण भारतले सन् २०२० मा धेरै ठूला चुनौती भोग्नुपर्ने निश्कर्ष अमेरिकाले निकालेको छ । अमेरिकी एजेन्सी युरेसिया ग्रु पले जारी गरेको वार्षिक प्रतिवेदनमा विश्वमा ठूला चुनौती सामना गर्ने भूराजनीतिक जोखिममा भारत पाँचौ नम्बरमा परेको हो । धार्मिक र सामाजिक द्वन्द्वका कारण भारतको विदेश नीतिसमेत प्रभावित हुने अमेरिकी […]

देउवाले जिल्ला सभापतिहरुलाई भने – महाधिवेशन मिति हेरफेर हुन्न

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनको मिति हेरफेर हुन नसक्ने बताएका छन् । संस्थापन इतर समूहले बोलाएको परामर्श बैठकमा सहभागी हुन काठमाडौं आएका कांग्रेसका ५२ जिल्ला सभापतिहरुले बिहीबार सभापति देउवालाई भेटेका थिए । आफ्नै निवास बूढानीलकण्ठमा भएको भेटमा देउवाले पार्टीलाई सहमतिकै आधारमा अघि बढाउन आफू तयार रहेको बताएका छन् । वरिष्ठ नेता रामचन्द्र […]