उपसभामुखबाट राजीनामा दिन अस्वीकार गरेकी शिवमाया बालुवाटार पुगिन

Machchapuchchre

काठमाडौं । नेकपाका शीर्ष नेताले बोलाएपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फे बालुवाटार पुगेकी छन् । शनिबारको नेकपा सचिवालय बैठकले उपसभामुखको पदबाट राजीनामा दिन लगाएपछि उनले अस्वीकार गरेकी थिइन् ।

त्यसपछि आइतबार बिहान नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा छलफल गरेका थिए । छलफलपछि उनलाई बालुवाटार बोलाइएको नेकपा स्रोतले जनाएको छ ।

उनी बालुवाटर पुग्दा अध्यक्षद्वय ओली र प्रचण्ड, महासचिव विष्णु पौडेल, रक्षामन्त्री ईश्वर पोखरेल लगायतका नेकपाका शीर्ष नेता पनि बालुवाटारमा भेला भएका छन् । पार्टीको निर्णयलाई अस्वीकार गरेकी शिवमायाले शीर्ष नेतासँग छलफल गरी निर्णय लिने नेकपाका नेताहरुले बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्