लगानी सम्झौता कार्यान्वयनका लागि ‘तयारी संयन्त्र’ गठन

काठमाडौं ।सरकारले द्विपक्षीय र बहुपक्षीय लगानी सम्झौताको कार्यान्वयनमा सिर्जना भएका वा हुने विवाद निरुपण र प्रतिरक्षाका लागि आवश्यक ‘तयारी संयन्त्र’ गठन गरेको छ । मन्त्रिपरिषद्को यही पुस २१ गतेको बैठकका निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अर्थ मन्त्रालयका राजश्व हेर्ने सचिवको संयोजकत्वमा आठ सदस्यीय सो संयन्त्र […]

अर्थमन्त्री खतिवडा भन्छन् – अब कर बढ्दैन, कर उठाउने क्षेत्रको सुधार मात्रै हुन्छ

काठमाडौँ  । अर्थमन्त्री युवराज खतिवडाले अब कर नबढ्ने बताएका छन् । उनले अब कर बढ्ने नभई कर उठाउने क्षेत्रको सुधार मात्रै हुने बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित कान्तिपुर इकोनोमिक समिटमा बोल्दै अर्थमन्त्री खतिवडाले यस्तो विचार राखेका हुन् । स्थानीय निकायले कर उठाएको विषयमा टिप्प्णी गर्दै उनले अरुसँग अनुदान लिएर स्थानीय निकाय स्वायत्त हुन नसक्ने […]

प्रमुख प्रतिपक्षसँग सहमति जुटाएर सत्य निरुपण आयोग गठन हुन्छ – मन्त्री बाँस्कोटा

काठमाडौं ।सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा प्रमुख प्रतिपक्षको पनि सहमति जुटाउन पहल गरिरहेको छ । मन्त्रिपरिषद्को यही पुस २१ को निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले द्वन्द्वकालमा भएका गम्भीर प्रकृतिका घटनाको छानबिन र मेलमिलापका लागि न्यायिक निरुपण गरी दिगो शान्ति स्थापनाको दिशामा मुलुकलाई अगाडि बढाउन […]

पौडेल पक्षका जिल्ला सभापतिलाई देउवा निवासमा चियापान

काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले बोलाएको परामर्श बैठकमा भाग लिन काठमाडौं आएका जिल्ला सभापतिहरू पार्टी सभापति देउवाले पनि निमन्त्रणा गरेपछि भेट्न पुगेका हुन्। कांग्रेस कास्की सभापति कृष्ण केसीले जिल्ला सभापति देउवा निवास पुगेको जानकारी दिए। पार्टी केन्द्रीय कार्यालयमा बुधबारसम्म चलेको बैठकपछि जिल्ला सभापतिहरूले सभापति देउवालाई भेट्न चाहेका थिए। ‘जिल्ला सभापति भेलामा उठेका […]

इरानी आक्रमणमा परेका अमेरिकी सैन्य अखडाको तस्वीर सार्वजनिक

काठमाडौं । इरानद्वारा इराकमा रहेको अमेरिकी अड्डामा बुधवार मिसाइल हमला गरेको थियो । इरानी जनरल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि त्यसको बदला लिनका लागि भन्दै इरानले इराकमा रहेको दुई अमेरिकी सैन्य अखडामा मिसाइल हमला गरेको थियो । इरानले इराकमा रहेको अमेरिकी अड्डामा २० भन्दा धेरै मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । हमलापछि हवाइ […]

वार्षिक सम्मेलनमा सहभागी हुन ऊर्जामन्त्री पुन यूएई प्रस्थान

काठमाडौं । अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघको वार्षिक सम्मेलनमा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन बिहीबार यूएई प्रस्थान गरेका छन् । पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री पुन बिहान साढे १० बजे यूएई प्रस्थान गरेका हुन् । उनले सम्मेलनलाई यही पुस २६ र २७ गते दुई छुट्टाछुट्टै सत्रलाई सम्बोधन गर्ने मन्त्री पुनका प्रेस संयोजक […]

शाही भूमिकाबाट हट्ने राजकुमार ह्यारी र मेगनको घोषणा

काठमाडौं । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलले शाही भुमिकाबाट आफूलाई अलग राख्ने घोषणा गरेका छन्। घोषणामा ह्यारी र मेगनले आर्थिक रुपमा आत्मनिर्भर बन्न काम गर्ने घोषणा पनि गरेका छन्। बुधबार भएको घोषणामा उनीहरूले आफ्नो अबको बसाइ ब्रिटेन र उत्तरी अमेरिकामा हुने पनि बताए। बिबिसीका अनुसार राजकुमार ह्यारी र मेगानले यस निर्णय लिनुपूर्व […]

अबको पत्रकारितालाई स्वर्ण युगमा बदल्नुपर्छ – मन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारका कारण प्रेस स्वतन्त्रता माथि कुनै खतरा नरहेको बताएका छन्। नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको २३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले संविधानको मर्मविपरीत प्रेस स्वतन्त्रता कुण्ठित हुने अवस्था आए आफैँ राजीनामा दिएर आन्दोलनमा उत्रने बताए । उनले अहिलेको पत्रकारिता देखेर कहिलेकाहीँ आफूलाई राजीनामा दिएर बस्न झोक चल्ने […]

आज दिनभरि नै पानी र हिउँ पर्ने, भाेलि पनि माैसम बदलीकाे सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका पश्चिमी भू-भागहरुमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने जनाएको छ । पश्चिमी वायूको प्रभावस्वरुप सामान्य वर्षादेखि हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च […]

नेपालले चीनसँग माग्यो मौसम पूर्वानुमानको सूचना

काठमाडौं । नेपालले मौसम परिवर्तनका कारण आउने बाढी, पहिरोजस्ता विपत्तिबारे पूर्वसूचना दिन चीनसँग आग्रह गरेको छ । नेपालको करिब एक हजार ५०० किलोमिटर उत्तरी सीमाना चीनसँग जोडिएकाले त्यहाँ विपत्ति आउँदा त्यसको असर नेपालमा समेत पर्ने भन्दै पूर्वसूचना दिन नेपालले आग्रह गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग आज चीनको मौसम विभागका उपमहानिर्देशक चेन […]