इरानी आक्रमणमा परेका अमेरिकी सैन्य अखडाको तस्वीर सार्वजनिक

Machchapuchchre

काठमाडौं । इरानद्वारा इराकमा रहेको अमेरिकी अड्डामा बुधवार मिसाइल हमला गरेको थियो । इरानी जनरल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि त्यसको बदला लिनका लागि भन्दै इरानले इराकमा रहेको दुई अमेरिकी सैन्य अखडामा मिसाइल हमला गरेको थियो । इरानले इराकमा रहेको अमेरिकी अड्डामा २० भन्दा धेरै मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हमलापछि हवाइ अड्डाका केही तस्वीरहरु सार्वजनिक भएका छन् । समाचार संस्था रोयटर्सका अनुसार इरानको हमलामा बग्दादमा रहेको अमेरिकाको अल असद ए बेसको कुल ७ भवनमा क्षति पुगेको छ । यसका केही यस्ता भवन रहेका छन् जसमा सबैभन्दा धेरै नोक्सान भएको छ र त्यो स्याटेलाइट तस्वीरमा पनि देखिएको छ ।

प्लानेट ल्याब इंकको तर्फबाट उक्त एयरबेसको दुई स्याटालाइट तस्वीर सार्वजनिक गरिएको छ । जसले इरानी मिसाइलले गरेको असर देख्न सकिन्छ । यसअघि २५ डिसेम्बर पनि यो एयरबेसको केही तस्वीर सार्वजनिक भएको थियो । जसमा सबै भवनहरु सही देखिएको छ । तर ८ जनवरीको ताजा फोटोमा भने निकै क्षति देखिएको रोयटर्सले जनाएको छ ।

इरानले मिसाइल आक्रमणबाट ८० भन्दा बढी अमेरिकी सेना मेरेको दाबी गरेपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टेलिभिजन सम्बोधनमा भने इरानी आक्रमणमा कसैको पनि हताहती नभएको दबी गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्