पौडेल पक्षका जिल्ला सभापतिलाई देउवा निवासमा चियापान

Machchapuchchre

काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले बोलाएको परामर्श बैठकमा भाग लिन काठमाडौं आएका जिल्ला सभापतिहरू पार्टी सभापति देउवाले पनि निमन्त्रणा गरेपछि भेट्न पुगेका हुन्। कांग्रेस कास्की सभापति कृष्ण केसीले जिल्ला सभापति देउवा निवास पुगेको जानकारी दिए।

पार्टी केन्द्रीय कार्यालयमा बुधबारसम्म चलेको बैठकपछि जिल्ला सभापतिहरूले सभापति देउवालाई भेट्न चाहेका थिए। ‘जिल्ला सभापति भेलामा उठेका मुख्य कुरा सभापति देउवालाई सुनाउने कार्यक्रम छ,’ केसीले भने, ‘पार्टी विधि, विधानअनुसार चल्नुपर्छ भन्ने पक्षमा हामी छौं।’

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले जिल्ला सभापतिका कुरा सुन्न चियापान कार्यक्रम राखेका हुन्। सभापति देउवा पक्षका केन्द्रीय सदस्यहरू मात्रै उपस्थित पुस ११ को केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशन ०७७ फागुन ७ देखि १० सम्म गर्ने, एक पटकका लागि विधानको सदस्यता सम्बन्धी धारा निलम्बन गर्नेलगायत निर्णय गरेपछि पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका केन्द्रीय सदस्य र जिल्ला सभापति रूष्ट छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्