अर्थमन्त्री खतिवडा भन्छन् – अब कर बढ्दैन, कर उठाउने क्षेत्रको सुधार मात्रै हुन्छ

Machchapuchchre

काठमाडौँ  । अर्थमन्त्री युवराज खतिवडाले अब कर नबढ्ने बताएका छन् । उनले अब कर बढ्ने नभई कर उठाउने क्षेत्रको सुधार मात्रै हुने बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित कान्तिपुर इकोनोमिक समिटमा बोल्दै अर्थमन्त्री खतिवडाले यस्तो विचार राखेका हुन् ।

स्थानीय निकायले कर उठाएको विषयमा टिप्प्णी गर्दै उनले अरुसँग अनुदान लिएर स्थानीय निकाय स्वायत्त हुन नसक्ने भन्दै उनले स्थानीय तहले पनि केही आम्दानीको स्रोत पहिल्याउनुपर्ने बताए ।

समिटको अन्तिम सत्रमा ‘नेपाली अर्थतन्त्र : आजको अवस्था र भोलिको दिशा’ शीर्षकमा नेपाली अर्थतन्त्रले भोगिरहेका चुनौती, वर्तमान सूचक र आगामी रणनीतिका विषयमा छलफल भइरहेको छ । यो सत्रमा अर्थमन्त्री युवराज खतिवडा, पूर्वअर्थमन्त्रीहरू रामशरण महत र प्रकाशचन्द्र लोहनी तथा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा सहभागी छन्। अर्थशास्त्री विश्व पौडेलले यस सत्रको सहजीकरण गरिरहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्