मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक, हेर्नुहोस बिस्तृतमा

Machchapuchchre

काठमाडौं । पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ । विहीवार(आज) सरकारका प्रवक्ता सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेका छन् ।

२१ गतेको मन्त्रिपरिषद् बैठकले पुस २८ र २८ गते भारतको राजधानी दिल्लीमा हुने नेपाल र भारतको पेट्रोलियम पदार्थ र ग्यासको विषयमा हुने संयुक्त बैठकमा उद्योग वार्णिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ध्रुब घिमिरेको नेतृत्वको प्रतिनिधि मण्डललाई पठाउने निर्णय गरेको छ ।

त्यस्तै पानी जहाज दर्ता, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक र शिक्षा सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमतिका लागि स्वीकृत गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्