असन्तुष्ट जिल्ला सभापतिहरुको भेला सकिएलगत्तै देउवाले दिए ‘ब्रेकफास्ट’ मिटिङको निम्तो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुसँग छलफल गर्ने भएका छन् । सोमबारदेखि पार्टी कार्यालय सानेमा भेला भएका संस्थापन इतरका जिल्ला सभापतिहरुलाई सभापति देउवाले विहीवार(भोलि) भेटघाटका लागि बोलाएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल–कृष्ण सिटौला समूहका जिल्ला सभापतिहरुलाई देउवाले छलफलका लागि बूढानिलकण्ठस्थित निवासमा बोलाएका हुन् । ‘सभापति ज्यूले जिल्ला सभापतिहरुलाई छलफलका लागि बोलाउनु […]

प्रदेश ३ को स्थायी राजधानीबारे प्रस्ताव पेश

काठमाडौँ । तीन नम्बर प्रदेश सभामा स्थायी राजधानीबारे छलफल सुरु भएको छ । बुधबार बसेको ३ नम्बर प्रदेशको प्रदेश सभा बैठकमा सभामुख सानु श्रेष्ठले ३ को राजधानीका लागि सम्भाव्य राजधानीबारे प्रस्ताव पेश गर्न सांसद दीपक निरौलालाई अनुमति दिएका थिए । सभाुमखको अनुमतिमा सांसद निरौलाले उक्त प्रस्ताव पेश गरेपछि त्यसवारे छलफल सुरु भएको हो ।

काठमाडौंसहितका स्थानमा वर्षा, हिमाली भेगमा भारी हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । अहिले देशका पश्चिमी भू–भागहरुमा सामान्यदेखि पूर्णबदली रही बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । बुधबार काठमाडौं उपत्यकासहित देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘काठमाडौं उपत्यकासहितका स्थानमा आज (बुधबार) र भोलि (बिहीबार) वर्षाको सम्भावना देखिन्छ’–मौसमविद् सचिना […]

इरानले मिसाईल आक्रमण गरेलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले बोलाए उच्च सुरक्षा अधिकारी बैठक

काठमाडौं । इराक स्थित आफ्ना २ सैन्य अड्डामा इरानले मिसाईल आक्रमण गरे लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अमेरिकी उच्च सुरक्षा अधिकारीसँग बैठक गरेका छन् । ह्वाइट हाउसमा भएको आपतकालिन बैठकमा अमेरिकाका विदेशमन्त्री माइक पोम्पिओ, रक्षामन्त्री मार्क स्पर्स तथा अमेरिकी उपराष्ट्रपति माइक पेन्स सहभागि थिए । बैठक पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्ने […]

सुलेमानी हत्याको बदलामा इरानद्वारा २ अमेरिकी सैनिक अड्डामा क्षेप्यास्त्र आक्रमण, भिडियोसहित

काठमाडौं । इरानले अमेरिकी सैनिक रहेको दुई अमेरिकी सैन्य अड्डाहरूमा लक्षित गर्दै एक दर्जन भन्दा बढी क्षेप्यास्त्र आक्रमण गरेको छ । आफ्ना उच्च सैन्य कमाण्डरको हत्याको प्रतिशोध लिने धम्की दिएको इरानले इराकमा रहेको अमेरिकै सैनिकको सैन्य अड्डामा क्षेप्यास्त्र आक्रमण गरेको हो । अमेरिकी रक्षा मन्त्रालयका अनुसार इरानले इराकमा रहेको अमेरिकी सैनिकको अड्डालाई लक्षित इरबिल र […]

अमेरिकाले मारेका सुलेमानीको अन्त्येष्टिमा मच्चियो भागदौड, ३२ जनाको मृत्यु

काठमाडौं । अमेरिकी हवाई आक्रमण मारिएका इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टि कार्यक्रममा भागदौड मच्चिँदा ३२ जनाको मृत्यु भएको छ। इरानको स्थानीय टेलिभिजनलाई उद्धृत गर्दै समाचार संस्थाले एसोसियट प्रेसले मंगलबार सुलेमानीको गृहनगर मेरमानमा सुलेमानीको शव गाड्न लैजाने क्रममा भागदौड भएको हो। भागदौडमा १९० जना बढी घाइते भएका छन्। यसअघि एपीले कम्तीमा ३५ जनाको मृत्यु र ४८ […]

सवारी दुर्घटनामा कांग्रेस महासमिति सदस्य रायको मृत्यु

बर्दिबास । पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वर चोकमा मंगलबार बिहान बस दुर्घटनामा परी नेपाली कांग्रेसका महासमिति सदस्य ललनकुमार रायको मृत्यु भएको छ । महोत्तरीको मनरासिस्वा नगरपालिका–१० बथनाहा गाउँ बस्ने ५८ वर्षीय कांग्रेस नेता रायको निधन भएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । काठमाडौंबाट आउँदै गरेको ना५ख ६४११ नंको गङ्गोत्री बसले उखु लोड […]

एक गाउँ एक उद्योगको नीति कार्यान्वयनमा ल्याइने – आपूर्तिमन्त्री भट्ट

कैलाली । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ‘एक गाउँ एक उद्योग’को नीति कार्यान्वयनमा ल्याइने जानकारी दिएका छन् । कैलालीको चुरे गाउँपालिकाद्वारा सोमबार आयोजित वृद्धवृद्धालाई कम्बल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ग्रामीण जनताको जीवनस्तर माथि उकास्न ‘एक गाउँ, एक उद्योग’को नीति अवलम्बन गरिएको बताए । उनले भने, ‘यहाँका किसानको जीवनस्तर सुधारका गर्न सुन्तला र कफीखेतीको विकास […]

कालोसूचीमा परे ३३२ निर्माण कम्पनी र सप्लायर्स

काठमाडौं । विभिन्न शक्ति केन्द्रसँगको पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौंसम्म सरकारी जिम्मेवारी समयमा पूरा नगर्ने ३३२ निर्माण कम्पनी र ‘सप्लायर्स’लाई कालोसूचीमा सूचीकृत गरिएको छ। कामको जिम्मा लिने तर काम नगर्ने, काम गरे पनि गुणस्तरहीन काम गर्ने, समयमा नगर्ने विभिन्न ३३२ निर्माण कम्पनी र सप्लायर्सलाई अहिलेसम्म कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार […]

कालापानीमा भारतीय सेना बसेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने मसालको निश्कर्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले कालापानीमा भारतीय सेना बसेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने निश्कर्ष निकालेको छ । मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा राष्ट्रिय परिषद् बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन यो विषयलाई संयुक्त राष्ट्र संघमा लैजान सरकारले पहल गर्नुपर्ने उल्लेख छ । ‘भारतले कालापानी सहितको भूभागमाथि आफ्नो प्रभुत्व कायम गर्न सबै सम्भव तरिकाले प्रयत्न गर्नेछ र कालापानीबाट पनि […]