एक गाउँ एक उद्योगको नीति कार्यान्वयनमा ल्याइने – आपूर्तिमन्त्री भट्ट

Machchapuchchre

कैलाली । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ‘एक गाउँ एक उद्योग’को नीति कार्यान्वयनमा ल्याइने जानकारी दिएका छन् । कैलालीको चुरे गाउँपालिकाद्वारा सोमबार आयोजित वृद्धवृद्धालाई कम्बल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ग्रामीण जनताको जीवनस्तर माथि उकास्न ‘एक गाउँ, एक उद्योग’को नीति अवलम्बन गरिएको बताए ।

उनले भने, ‘यहाँका किसानको जीवनस्तर सुधारका गर्न सुन्तला र कफीखेतीको विकास गर्नु आवश्यक छ । यसमा सरकारले सहयोग गर्छ ।’ गाउँपालिकाकाअन्तर्गतका ३०० अशक्त, वृद्धवृद्धा तथा गरीब परिवारलाई कम्बल वितरण गरिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्