कालापानीमा भारतीय सेना बसेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने मसालको निश्कर्ष

Machchapuchchre

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले कालापानीमा भारतीय सेना बसेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने निश्कर्ष निकालेको छ । मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा राष्ट्रिय परिषद् बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन यो विषयलाई संयुक्त राष्ट्र संघमा लैजान सरकारले पहल गर्नुपर्ने उल्लेख छ ।

‘भारतले कालापानी सहितको भूभागमाथि आफ्नो प्रभुत्व कायम गर्न सबै सम्भव तरिकाले प्रयत्न गर्नेछ र कालापानीबाट पनि सजिलैसित आफ्नो आफ्नो सेना नहटाउने प्रष्ट छ’ प्रतिवेदनमा भनिएको छ, ‘त्यसकारण उक्त विषयलाई संयुक्त राष्ट्र संघ र अन्तराष्ट्रिय अदालतमा लैजान तथा अन्तराष्ट्रियकरण गर्न समेत सरकारले पहल गर्नुपर्दछ ।’

सीमा अतिक्रमणको विषयमा जनतालाई गोलबन्द गर्न र कुटनीतिकस्तरबाट समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्ने मसालको निश्कर्ष छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्