भुवन दाहालद्धारा नेपाल बैंकर्स असोसिएसनको अधक्षको पदभार ग्रहण

Machchapuchchre

अर्थ राजनीति ।  सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले नेपाल बैंकर्स असोसिएसनको अधक्षको पदभार सम्हालेका छन् ।  उनि सर्वसम्मत चयन भएका हुन् ।  यस अघि नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना असोसिएसनको अधक्ष थिए ।  संघको उपाध्यक्षमा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागर चयन भएका छन् ।  त्यस्तै संघको सदस्यहरुमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी चयन भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्