राप्रपाले तिन दिनसम्म पृथ्वीजयन्ती मनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस यही पुस २६ देखि २८ गते तिन दिनसम्म उत्सवका रूपमा मनाउने भएको छ । पार्टीले देशभरका सबै जिल्ला कार्यसमितिले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान एवं नेपालको एकीकरणको अभियानप्रति श्रद्धा, सम्मानलगायत अन्य विविध कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ । यही पुस २७ गते पार्टीले पृथ्वी जयन्ती तथा […]

विदेशी सैनिकलाई देश छाड्‌न इराकी संसदको चेतावनी

बग्दाद । इराकी संसदले एउटा प्रस्ताव पास गर्दै सबै विदेशी सैनिकलाई देश छाड्‌न भनेको छ । शुक्रबार अमेरिकी आक्रमणमा राजधानी बग्दादमा इरानी सैन्य कमान्डर जर्नेल कासिम सुलेमानी मारिएपछि इराकी संसदले यो प्रस्ताव पास गरेको हो । इराकमा अहिले ५ हजार अमेरिकी सैनिक रहेका छन्। इराकी संसदले सरकारसँग विदेशी सुरक्षा बललाई इराकी जमिन, हवाई तथा जलक्षेत्रको प्रयोगमा […]

पौडेलद्वारा पार्टी कार्यालयमा जिल्ला सभापति भेला आव्हान

काठमाडौं । नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरुको भेला डाकेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार विहान ११ बजे आफू निकट जिल्ला सभापतिसँग पौडेलले पछिल्लो विवादबारे छलफल गर्न लागेका हुन्। सभापति शेरबहादुर देउवाले गत पुस ११ गते बहुमतका अधारमा १४ औं महाधिवेशन कार्यतालिका ल्याएको, विधान मिचेर विभाग थपेेेेको भन्दै पौडेल रुष्ट छन्। मग्सिर २६ देखि […]

प्रदेश ३ को प्रदेशसभा बैठक बस्दै, यी मुख्य एजेन्डामा छलफल हुने

हेटौंडा । प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्दैछ । आर्थिक वर्ष ०७६/७७ को बजेट पारित गर्दै गत भदौ २४ बाट स्थगित बैठक सोमबार दिउँसो ३ बजे बस्न लागेको हो । प्रदेश ३ को प्रदेशसभा सचिवालयले बिहान ११ बजे बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र त्यसले एजेन्डाहरू तय गर्ने जनाएको छ । प्रदेशसभाको […]

अमेरिकासँग तनाव बढेसँगै परमाणु सम्झौता नमान्ने इरानको घोषणा

एजेन्सी । अमेरिकासँग तनाव बढेसँगै इरानले सन् २०१५ मा भएको परमाणु सम्झौताबाट आफू पूर्ण रुपमा बाहिरिएको घोषणा गरेको छ । एक वयानमा भनिएको छ अब परमाणु क्षमता, परमाणु क्षमताको तह र परमाणु सामग्रीको भण्डारणसहित परमाणुसँग सम्बन्धी अनुसन्धान तथा विकासमा कुनै पनि सीमा इरानले मान्ने छैन । राजधानी तेहरानमा बसेको मन्त्रिपरिषद बैठकपछि इरानले यस्तो घोषणा गरेको हो […]

गृहमन्त्री थापा चीन भ्रमणका लागि प्रस्थान

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । मित्रराष्ट्र चीनको निमन्त्रणामा ६ दिने भ्रमणका लागि बादल त्यसतर्फ प्रस्थान गरेका हुन् । सरकारले यसअघि प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको चीन भ्रमण अस्वीकृत गरेको थियो । नेपालमा अपराधिक गतिबिधिमा संलग्न रहेको आशंकामा ठूलो संख्यामा चिनियाँ नागरिक पक्राउ परेका बेला गृहमन्त्रीको चीन भ्रमणलाई महत्वका […]

सकियो नेकपाको सचिवालय बैठक, के-के भए निर्णय ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक सरेको छ । आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले पुस २३ का लागि तय केन्द्रीय समिति बैठक माघ १५ देखि बस्ने निर्णय गरेको हो । राष्ट्रियसभाको निर्वाचन तयारीमा जुट्नुपर्ने भएकाले केन्द्रीय समितिको बैठक केही दिन पछि सारिएको नेकपा केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले […]

राष्ट्रियसभा निर्वाचनका लागि राजपा र समाजवादीले उम्मेदवार टुंगो लगाए

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएका छन् । राजपा नेपालको केन्द्रीय कार्यालय बबरमहलमा शनिबार बसेको अध्यक्ष मण्डलको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । प्रदेश २ बाट अन्य समूहमा मृगेन्द्रकुमारसिंह यादव र अल्पसंख्यक/अपांगता समूहबाट शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र […]

कांग्रेसले टुंगो लगायो राष्ट्रियसभाका उम्मेदवारहरुको नाम हेर्नुहोस् सूचीसहित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियससभाको आशन्न निर्वाचनका लागि आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । निर्वाचन आगामी माघ ९ गते हुँदैछ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रदेश नं १ बाट नीरबहादुर विश्वकर्मा (पाँचथर) दलित, मिना पुलामी मगर (सुनसरी) महिला, राजेन्द्र घिमिरे (झापा) अन्य, प्रदेश नं २ बाट नगिना यादव (महोत्तरी) महिला, भोला पञ्जियार […]

पार्टीको पछिल्लो निर्णय सच्याइनुपर्छ- नेता पौडेल

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्ने बताएका छन् । आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले पुस ११ गते गरिएको निर्णय सच्याउनुपर्ने बताए । नेता पौडेलले भने, ‘पार्टी सभापतिको कार्यशैलीप्रति म सहमत छैन, मैले प्रस्तुत गरेका सहमतिका बुँदाहरु टुङ्गो लगाउनुपर्छ, अनिमात्र पार्टी एक हुन्छ । ‘ पार्टीमा छलफल र […]