पौडेलद्वारा पार्टी कार्यालयमा जिल्ला सभापति भेला आव्हान

Machchapuchchre

काठमाडौं । नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरुको भेला डाकेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार विहान ११ बजे आफू निकट जिल्ला सभापतिसँग पौडेलले पछिल्लो विवादबारे छलफल गर्न लागेका हुन्।

सभापति शेरबहादुर देउवाले गत पुस ११ गते बहुमतका अधारमा १४ औं महाधिवेशन कार्यतालिका ल्याएको, विधान मिचेर विभाग थपेेेेको भन्दै पौडेल रुष्ट छन्। मग्सिर २६ देखि पौडेल केन्द्रीय समिति बैठकमा पनि गएका छैनन्। सभापति देउवाले केन्द्रीय समितिबाट एकलौटी रुपमा गरेको निर्णय सच्याउन पौडेल, महामन्त्री शशांक कोइराला र छुट्टै गुट चलाइरहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले माग गर्दै आएका छन्।

सभापति देउवालाई निर्णय सच्याउन दवाव दिन सोमबार जिल्ला सभापति भेला राखिएको केन्द्रीय सदस्य हृदयराम थानीले जानकारी दिए।भेलामा पौडेल समुहका केन्द्रीय सदस्य पनि सहभागी हुनेछन्। सभापति देउवा समुहका जिल्ला सभापति भने भेलामा सहभागी हुने छैनन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्