इरानले तोक्यो ट्रम्पको टाउको मूल्य, पुरस्कार ९ अर्ब रुपैयाँ, जनताले गर्नेछन दान

Machchapuchchre

काठमाडौं । इरानका कमान्डर जनरल कासिम सुलेमानीको ह’त्या’पछि इरान र अमेरिका एक अर्काविरुद्ध खनिएका छन् । आइतबार राष्ट्रपतिले इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्की दिएको २४ घण्टा नबित्दै इरानले भने ट्रम्पको टाउकोको मूल्य तोकेको छ ।अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित खबरका अनुसार त्यसको केही बेरपछि इरानले ट्रम्पको टाउकोको मूल्य तोकेको छ । यसका लागि ८० मिलियन डलर (लगभग ९ अर्ब रुपैयाँ) तोकिएको हो ।

जनरल सुलेमानीको अन्तिम संस्कारको क्रममा एक संस्थाले इरानका सबै नागरिकलाई एक डलर दान गर्न अपिल गरेको छ । ट्रम्पको टाउकोको बदलामा राखिएको ८० मिलियन डलर जम्मा गर्नका लागि संस्थाले सबै इरानी नागरिकलाई दान गर्न अपिल गरेको छ । मसादमा जतिबेला सुलेमानीको शोक सभा आयोजना गरिएका बेला इरानी संस्थाले यो घोषणा गरेको हो ।

इरानले सन् २०१५ आणविक सम्झौता अन्तर्गतका कुनै पनि प्रतिबन्धलाई पालना नगर्ने घोषणा गरेको छ । एक वक्तव्य जारी गरेर इरानले अब उसले परमाणु प्रशोधनको क्षमता, स्तर, भण्डारणका साथ-साथै अनुसन्धान तथा विकासमा कुनै पनि प्रतिबन्ध पालना नगर्ने बताएका छन् । इरानको घोषणा तेहरानमा बसेको इरानी मन्त्रिमण्डलको वैठकपछि आएको हो । केही दिन अघि बग्दादमा एक अमेरिकी हवाई आ’क्रम’णमा इरानी जनरल कासिम सुलेमानी मा’रि’एपछि दुई देशबीच तनाव बढेको स्थितिमा इरानको निर्णय आएको हो ।

उता सुलेमानी मारिएको इराकमा पनि स्थिति तनावपूर्ण छ । समाचार अनुसार आइतबार साँझ बंग्दादस्थित अमेरिकी दुतावासमा मिसाइल हानिएको थियो । आ’क्र’मणबाट कुनै हताहतीको खबर भने आएको छैन । आइतबार सुलेमानीको श’वलाई इरान लगियो । सुलेमानीको श’व इरान पुग्दा लाखौं इरानी नागरिकले उनलाई नायकको पार्थिक शरिर घर ल्याएको जस्तो सम्मान दिए । उता इराकी संसदले आइतबार नै इराकबाट बसिरहेका विदेशी सुरक्षाबलले देश छाड्नुपर्ने एक गैर–बाध्यकारी प्रस्ताव पास गर्यो ।

बग्दाद विमानस्थलमा भएको सुलेमानीको ह’त्याको विरोधमा यो प्रस्ताव ल्याइएको हो । इस्लामिक स्टेट समूहवि’रु’द्ध बनेको अन्तराष्ट्रिय गठबन्धन अन्तर्गत इराकमा ५ हजार अमेरिकी सैनिक छन् । आइतबारको मतदान अघि गठबन्धनले आईएसविरोधी अभियानलाई केही समय विराम लगाएको थियो । सन् २०१५ को सम्झौता अनुरुप, इरान आफ्नो संवेदनशील परमाणु गतिविधिहरुलाई सिमित गर्नुका साथै अन्तराष्ट्रिय निरिक्षकलाई निगरानी गर्न दिन अनुमती दिएको थियो । बदलामा इरानमाथिको प्रतिबन्ध हटाइने प्रतिबद्धता थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्